बागमती प्रदेश सर्वदलीय बैठकले संविधान दिवस भव्य रुपमा मनाउने, क्षतिको विवरण संकलन गर्ने निर्णय

हेटौँडा, अशोज २ गते । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले संविधान दिवस भव्यरूपमा मनाउने निर्णय गरेको छ ।

बैठकले भदौ २३ र २४ गतेको जेन–जि अभियानका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेको छ । साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

सर्वदलीय बैठकले आन्दोलनका क्रममा प्रदेश सरकारअन्तर्गतका संरचना, स्थानीय तहका कार्यालय तथा विभिन्न व्यवसायिक प्रतिष्ठानमा भएको क्षतिको विवरण संकलन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, सुशासन र खर्च कटौतीका विषयमा प्रभावकारी कार्यक्रम ल्याई अघि बढाउने र प्रदेशसभाको बैठक छिट्टै सञ्चालन गर्ने सहमति पनि बैठकले जनाएको छ ।

बैठकमा एमाले संसदीय दलका नेता जेएन थपलिया, माओवादी संसदीय दलका नेता शालिकराम जमकट्टेल, नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनाल, माओवादी संसदीय दलका प्रमुख सचेतक रत्न ढकाल, कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेललगायतको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

बागमती प्रदेश सर्वदलीय बैठकले संविधान दिवस भव्य रुपमा मनाउने, क्षतिको विवरण संकलन गर्ने निर्णय

मकवानपुर प्रशासनको अपिल : साउन १६ गते हेटौंडामा हुने बृहत् सामाजिक सद्भाव र्‍यालीमा सहभागी हुन आग्रह

बागमती प्रदेश सर्वदलीय बैठकले संविधान दिवस भव्य रुपमा मनाउने, क्षतिको विवरण संकलन गर्ने निर्णय

सुनसरी घटनापछि बढ्दो तनावप्रति पत्रकार महासंघको चिन्ता, संयमता र निष्पक्ष अनुसन्धानको माग

बागमती प्रदेश सर्वदलीय बैठकले संविधान दिवस भव्य रुपमा मनाउने, क्षतिको विवरण संकलन गर्ने निर्णय

“योजना होइन, बजेट सक्ने प्रतिस्पर्धा चलिरहेको छ” – सामाजिक अभियन्ता विशालराज महतको कटाक्ष

बागमती प्रदेश सर्वदलीय बैठकले संविधान दिवस भव्य रुपमा मनाउने, क्षतिको विवरण संकलन गर्ने निर्णय

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

बागमती प्रदेश सर्वदलीय बैठकले संविधान दिवस भव्य रुपमा मनाउने, क्षतिको विवरण संकलन गर्ने निर्णय

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

बागमती प्रदेश सर्वदलीय बैठकले संविधान दिवस भव्य रुपमा मनाउने, क्षतिको विवरण संकलन गर्ने निर्णय

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.