२०८२ आश्विन २, बिहीबार २३:३१
२०८२ आश्विन २, बिहीबार २३:३१
हेटौँडा, अशोज २ गते ।संविधान दिवसको अवसरमा नेकपा (एमाले) मकवानपुर जिल्ला कमिटीले विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम भोलि (असोज ३ गते) हेटौंडा उपमहानगरपालिका–४ स्थित पशुपति मन्दिरको सभाहलमा बिहान ११ बजे सुरु हुने पार्टीले जनाएको छ। कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता, युवा, विद्यार्थी, महिला, खेलाडी तथा शुभेच्छुक समर्थकहरूको उपस्थितिको लागि आह्वान गरिएको छ। संविधान दिवसलाई भव्य र अर्थपूर्ण बनाउन विभिन्न वक्ताहरुले सम्बोधन गर्ने तयारी रहेको एमाले मकवानपुरले जनाएको छ।