राज्यमन्त्रीको सिफारिसमा मेरो कुनै संलग्नता छैन : जेन जि युवा प्रवेश दाहाल

काठमाडौं, अशोज २६ गते । जेन जि युवा प्रवेश दाहालले आफू राज्यमन्त्रीको नाममा सिफारिस गरिएको भन्ने समाचारहरू असत्य र भ्रामक भएको स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले यस्तो अफवाह फैलाएर केही व्यक्तिहरूले समाजमा अराजकता सिर्जना गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन्।

दाहालका अनुसार उनले आज कुनै पनि मिटिङमा सहभागिता जनाएका छैनन् र आफूले राज्यमन्त्री बन्ने वा सिफारिस गराउने सम्बन्धी कुनै पनि आधिकारिक कागजातमा हस्ताक्षर नगरेका छन्। “मैले अहिलेसम्म संलग्न भनेको वार्ता टोलीमा मात्र हस्ताक्षर गरेको हुँ। त्यसबाहेक कुनै पनि मिटिङ वा निर्णयमा मेरो संलग्नता छैन,” दाहालले सामाजिक सञ्जालमार्फत बताएका छन्।

उनले केही व्यक्तिहरूले आफूलाई बदनाम गर्न र जेन जि युवाको टिमभित्र फुट ल्याउन योजनाबद्ध रूपमा झूटो प्रचार गरिरहेको दाबी गरेका छन्। “म देश र जनताको निम्ति निरन्तर आवाज उठाइरहेको छु। तर केही व्यक्तिहरूले मलाई पदका लोभी व्यक्ति भनेर समाजमा भ्रम फैलाइरहेका छन्,” उनले भने।

दाहालले आफूलाई कमजोर पार्न र जनताको बीचमा गलत सन्देश पुर्‍याउन प्रयास भइरहेको भन्दै जनतालाई सचेत रहन आग्रह गरेका छन्। “मेरा नाममा बनाइएका र गाउँगाउँमा फैलाइएका सबै कागजातहरू भ्रामक छन्। कृपया यस्ता अफवाहमा नपरी सत्य बुझेर मात्रै अघि बढ्नुहोस्,” उनले अनुरोध गरे।

उनले यस विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै सम्बन्धित निकायहरूलाई पनि यस्ता असत्य सूचना र भ्रामक प्रचार रोक्न पहल गर्न आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.