काठमाडौँ र कास्कीमा ३०४ वटा मोटरसाइकल नियन्त्रणमा: स्वरूप परिवर्तन र ध्वनी प्रदूषणमा संलग्नहरू विरुद्ध कडा कारवाही

काठमाडौँ, अशोज ३० गते । मोटरसाइकलमा अनधिकृत रूपमा स्वरूप परिवर्तन गरी तीव्र आवाज निकाल्ने, समाजमा ध्वनी प्रदूषण फैलाउने र शान्ति–सुरक्षामा असर पार्ने गतिविधिमा संलग्न सवारी साधन माथि ट्राफिक प्रहरीद्वारा कडा निगरानी सुरु गरिएको छ।

नेपाल प्रहरीको सामाजिक सञ्जालमा प्रकाशित सूचनाअनुसार, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानहरूबाट २०० वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। यस्तै, जिल्ला प्रहरी कार्यालय कास्कीले पनि यस्तै प्रकृतिका १०४ वटा मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार ती मोटरसाइकलहरूले इन्जिन, साइलेंसर, हेडलाइट, र अन्य पार्टपुर्जा फेरेर स्वरूप परिवर्तन गरेका थिए, जसले सवारी नियम उल्लङ्घन मात्र होइन, सार्वजनिक शान्ति र सुव्यवस्थामा समेत असर पारेको पाइएको छ।

नेपाल प्रहरीले यस किसिमका सवारीसाधनमाथि नियमित अनुगमन र कानूनी कारबाही जारी राख्ने जनाएको छ। साथै, जनसाधारणलाई सवारी नियमको पालना गर्न र ध्वनी प्रदूषणबाट जोगिन सचेत रहन आग्रह गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

काठमाडौँ र कास्कीमा ३०४ वटा मोटरसाइकल नियन्त्रणमा: स्वरूप परिवर्तन र ध्वनी प्रदूषणमा संलग्नहरू विरुद्ध कडा कारवाही

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

काठमाडौँ र कास्कीमा ३०४ वटा मोटरसाइकल नियन्त्रणमा: स्वरूप परिवर्तन र ध्वनी प्रदूषणमा संलग्नहरू विरुद्ध कडा कारवाही

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

काठमाडौँ र कास्कीमा ३०४ वटा मोटरसाइकल नियन्त्रणमा: स्वरूप परिवर्तन र ध्वनी प्रदूषणमा संलग्नहरू विरुद्ध कडा कारवाही

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

काठमाडौँ र कास्कीमा ३०४ वटा मोटरसाइकल नियन्त्रणमा: स्वरूप परिवर्तन र ध्वनी प्रदूषणमा संलग्नहरू विरुद्ध कडा कारवाही

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

काठमाडौँ र कास्कीमा ३०४ वटा मोटरसाइकल नियन्त्रणमा: स्वरूप परिवर्तन र ध्वनी प्रदूषणमा संलग्नहरू विरुद्ध कडा कारवाही

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

काठमाडौँ र कास्कीमा ३०४ वटा मोटरसाइकल नियन्त्रणमा: स्वरूप परिवर्तन र ध्वनी प्रदूषणमा संलग्नहरू विरुद्ध कडा कारवाही

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.