माओवादीले क्रान्तिकारी मार्ग छोड्यो, अब सच्चा विकल्प विप्लव सी मात्र: नेकपा नेता रामसी

हेटौडा, कात्तिक १७ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामसीले माओवादी केन्द्र र प्रचण्ड नेतृत्वको हालको एकतालाई ‘विचार र उद्देश्यविहिन’ भन्दै आलोचना गरेका छन्। उनले फेसबुकमार्फत जारी एक स्टाटसमा प्रचण्डले माओवादी विचारधारा र संघर्षको लाइन छोडेको दाबी गर्दै यस्तो एकताले अन्ततः जनताको पक्षमा होइन, दुश्मनको पक्षमा आत्मसमर्पण गर्नुपर्ने अवस्था ल्याउने चेतावनी दिएका छन्।

रामसीले लेखेका छन्, “पार्टीको नामबिनाको एकता र चुनाव चिन्हको एकता मात्रले के अर्थ राख्छ? माओवादी विचार, नीति र नेतृत्व बिना गरिएको एकता शक्तिहीन हुन्छ।”

उनका अनुसार, हालको माओवादी केन्द्रभित्रको निर्णय धेरै इमानदार र सच्चा कार्यकर्ताहरूले मन नपराएको र बाध्य भएर स्वीकृति दिएको जस्तो देखिएको छ। उनले प्रचण्डको ‘फुटाउ र राज गर’ नीतिले पार्टीभित्र पहिरो सुरु भएको समेत उल्लेख गरेका छन्।

रामसीले क्रान्तिकारी विचार, नीति र पुस्तान्तरणसहितको सहकार्य बिना बाम एकता निष्प्रभावी हुने दाबी गर्दै भनेका छन्, “नेकपा, माओवादी केन्द्र, एकीकृत समाजवादी, एमाले, नेसपा, क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा बहुमतबीच विचारगत एकता र सहकार्य नै आजको आवश्यकता हो।”

उनले प्रचण्ड–माधव नेतृत्वलाई जनताले अस्वीकार गरिसकेको भन्दै अबको राजनीतिक यात्रामा सच्चा क्रान्तिकारी र क्षमतावान नेतृत्वको रूपमा नेकपा विप्लव सी नै कम्युनिस्ट आदर्श बन्ने दाबी गरे।

रामसीले अन्त्यमा भनेका छन्, “क्रान्तिकारी विचार, नीति र नेतृत्वले मात्र आन्दोलनको रक्षा र देशको समाधान दिन सक्छ; गलत बाटोमा लाग्दा प्राप्त उपलब्धिहरू गुम्ने खतरा हुन्छ।”

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

माओवादीले क्रान्तिकारी मार्ग छोड्यो, अब सच्चा विकल्प विप्लव सी मात्र: नेकपा नेता रामसी

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

माओवादीले क्रान्तिकारी मार्ग छोड्यो, अब सच्चा विकल्प विप्लव सी मात्र: नेकपा नेता रामसी

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

माओवादीले क्रान्तिकारी मार्ग छोड्यो, अब सच्चा विकल्प विप्लव सी मात्र: नेकपा नेता रामसी

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

माओवादीले क्रान्तिकारी मार्ग छोड्यो, अब सच्चा विकल्प विप्लव सी मात्र: नेकपा नेता रामसी

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

माओवादीले क्रान्तिकारी मार्ग छोड्यो, अब सच्चा विकल्प विप्लव सी मात्र: नेकपा नेता रामसी

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

माओवादीले क्रान्तिकारी मार्ग छोड्यो, अब सच्चा विकल्प विप्लव सी मात्र: नेकपा नेता रामसी

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.