हेटौँडा, कात्तिक २१ गते । नेकपा (एमाले) हेटौँडा उपमहानगरपालिका–१० वडा कमिटीको आयोजनामा वडास्तरीय जनभेला तथा अन्तर्क्रिया कार्यक्रम हुने भएको छ।
पार्टीका जिल्ला कमिटीका सदस्य, जिल्ला प्रतिनिधि परिषद् सदस्य, नगर कमिटीका सदस्य, नगर परिषद् सदस्य, जनवर्गीय संगठनका पदाधिकारी, संगठित सदस्यहरू लगायत आम नागरिकलाई कार्यक्रममा अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ।
कार्यक्रम २०८२ साल कात्तिक २२ गते बिहान ११:३० बजे स्थान होटेल प्रकाशको सभा हलमा तय गरिएको छ। वडा कमिटीले जारी गरेको सूचनामा आमा–बुबा, दाजुभाइ, दिदीबहिनी लगायत सम्पूर्ण कमरेडहरूलाई एकताबद्ध भएर सहभागी हुन हार्दिक अनुरोध गरिएको छ।
प्रतिकृया दिनुहोस्
Post Views: 115



























