२०८२ कार्तिक २१, शुक्रबार २३:३५
२०८२ कार्तिक २१, शुक्रबार २३:३५
काठमाडौं, कार्तिक २१ गते । मुलुकमा बढ्दो राजनीतिक अन्योल, अस्थिरता र जनआक्रोशको पृष्ठभूमिमा तीन वामपन्थी धारका शीर्ष नेताहरू— नेकपा महासचिव विप्लव सी, नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसाल र प्रगतिशील राष्ट्रिय अभियानका संयोजक जनार्दन शर्माले संयुक्त प्रेस वक्तव्य जारी गर्दै वाम, प्रगतिशील र देशभक्त शक्तिहरूबीच बृहत् मोर्चाबन्दीको पहल थालेका छन्। वक्तव्यमा हाल सत्तासिन नेताहरू गैरजिम्मेवार बन्दै गएको र पुराना दलहरू सुधारका प्रयासमा असफल भएको आरोप लगाइएको छ। दलहरूको कमजोर नेतृत्व र गैरउत्तरदायी व्यवहारका कारण जनताको विश्वास गुम्दै गएको उल्लेख गर्दै वक्तव्यमा भनिएको छ, “गत भदौ २३ गतेको जेन जि आन्दोलन र २४ गतेको विध्वंश रोक्न दलहरू असफल भए, जसले…