पूर्वसांसद मोहम्मद अफताब आलमको निधन, तीन दिनसम्म कांग्रेस कार्यालयमा शोक मनाइने

काठमाडौँ, कात्तिक २२ गते । नेपाली कांग्रेसका पूर्वसांसद तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको उपचारका क्रममा निधन भएको छ। ६३ वर्षीय आलमको कात्तिक दोस्रो सातादेखि काठमाडौँ मेडिकल कलेज (केएमसी)मा उपचार हुँदै आएको थियो। मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका आलमको गयराति २ बजेर ५८ मिनेटमा निधन भएको कांग्रेसका नेता देवप्रसाद तिमल्सिनाले पुष्टि गरेका छन्।

गत जेठमा नक्खु कारागारबाट छुटेका आलमलाई केही समयअघि ब्रेन स्ट्रोक भएको थियो। उनी लामो समयदेखि स्वास्थ्य समस्या भोग्दै आएका थिए। २०६४ सालको संविधानसभा निर्वाचन तयारीका क्रममा भएको बम विस्फोट घटनामा संलग्नताको आरोपमा रौतहट जिल्ला अदालतले आलमलाई जन्मकैदको सजाय सुनाएको थियो।

उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाली कांग्रेसले आइतबार देशभरका तीनै तहका पार्टी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको छ। शनिबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले केन्द्र, प्रदेश र जिल्ला तहका कार्यालयहरू आइतबार बन्द गर्ने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकले शनिबारदेखि तीन दिनसम्म पार्टीका सबै कार्यालयहरूमा झण्डा आधा झुकाउने र आलमको स्वर्गारोहणको १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय पनि गरेको छ।

पार्टीले आलमको योगदान स्मरण गर्दै उनको आत्माको चीर शान्तिको कामना र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

पूर्वसांसद मोहम्मद अफताब आलमको निधन, तीन दिनसम्म कांग्रेस कार्यालयमा शोक मनाइने

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

पूर्वसांसद मोहम्मद अफताब आलमको निधन, तीन दिनसम्म कांग्रेस कार्यालयमा शोक मनाइने

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

पूर्वसांसद मोहम्मद अफताब आलमको निधन, तीन दिनसम्म कांग्रेस कार्यालयमा शोक मनाइने

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

पूर्वसांसद मोहम्मद अफताब आलमको निधन, तीन दिनसम्म कांग्रेस कार्यालयमा शोक मनाइने

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

पूर्वसांसद मोहम्मद अफताब आलमको निधन, तीन दिनसम्म कांग्रेस कार्यालयमा शोक मनाइने

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

पूर्वसांसद मोहम्मद अफताब आलमको निधन, तीन दिनसम्म कांग्रेस कार्यालयमा शोक मनाइने

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.