Day: २०८२ कार्तिक २२, शनिबार २३:५३

जेन जी आन्दोलनपछि सहयोगको उदाहरण : कमल गाउँपालिकाद्वारा तीन सवारी साधन हस्तान्तरण

जेन जी आन्दोलनपछि सहयोगको उदाहरण : कमल गाउँपालिकाद्वारा तीन सवारी साधन हस्तान्तरण

झापा, कमल गाउँपालिका, कात्तिक २२ गते । जेन जी आन्दोलनका कारण देशभरका स्थानीय तहहरू अस्तव्यस्त भइरहेका बेला झापाको कमल गाउँपालिकाले सहयोगको नयाँ उदाहरण प्रस्तुत गरेको छ। आन्दोलनका क्रममा सवारी साधन नष्ट भएका छिमेकी पालिकाहरू र प्रहरी कार्यालयलाई तीनवटा सवारी साधन प्रदान गरेर कमल गाउँपालिका प्रदेशकै नमुना पालिका बनेको हो। गाउँपालिकाले गौरादह नगरपालिकालाई को.बा.झ. ८४७६ नम्बरको स्कोर्पियो, दमक नगरपालिकालाई प्रदेश १–०१÷०२–००१ झ २७६, र इलाका प्रहरी कार्यालय दमकलाई प्रदेश १–०१÷०१–झ ७३० नम्बरका स्कोर्पियो गाडी उपलब्ध गराएको अध्यक्ष हुकुमसिंह राईले बताएका छन्। अध्यक्ष राईका अनुसार, “छिमेकी पालिकाहरू अप्ठेरोमा परेका बेला सहयोग गर्नु हाम्रो कर्तव्य हो। यसै भावनाले हामीले सवारी साधनहरू प्रदान गरेका…
Read More
“जेन जि समर्थक सुजन अधिकारीको गिरफ्तारीप्रति नेकपा नेता रामसीको आपत्ति, ‘बिनाअपराध गिरफ्तार, सत्यतथ्य छानबिन होस्’”

“जेन जि समर्थक सुजन अधिकारीको गिरफ्तारीप्रति नेकपा नेता रामसीको आपत्ति, ‘बिनाअपराध गिरफ्तार, सत्यतथ्य छानबिन होस्’”

हेटौँडा, कात्तिक २२ गते । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामसीले जेन जि आन्दोलनका समर्थकहरुमाथि भइरहेको पक्राउ र आक्रमण प्रति तीव्र आपत्ति जनाएका छन्। रामसीले आफ्नो सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै हेटौंडा–११ निवासी युवा व्यवसायी सुजन अधिकारीलाई जेन जि आन्दोलनमा समर्थन गरेको कारण बिना गल्ती मकवानपुर प्रहरीले २०८२ साल कात्तिक २२ गते बिहान १० बजे गिरफ्तार गरेको भन्दै आपत्ति जनाएका हुन्। उनले अधिकारीमाथि कुनै प्रमाणबिनै पक्राउ गरिएको भन्दै तत्काल सत्यतथ्य छानबिन हुनुपर्ने माग गरेका छन्। “गल्तीको प्रमाण भए कारबाही गर्नु ठिकै हो, तर निर्दोष युवालाई पक्राउ गर्नु न्यायसंगत होइन,” रामसीले लेखेका छन्। रामसीले जेन जि आन्दोलनप्रति…
Read More
गोकर्णेश्वर नगरपालिकाबाट प्रहरी वृत्त बौद्धलाई दुई मोटरसाइकल र ट्राफिक सामग्री हस्तान्तरण

गोकर्णेश्वर नगरपालिकाबाट प्रहरी वृत्त बौद्धलाई दुई मोटरसाइकल र ट्राफिक सामग्री हस्तान्तरण

काठमाडौँ, कात्तिक २२ गते । गोकर्णेश्वर नगरपालिकाले प्रहरी वृत्त बौद्धलाई दुई थान मोटरसाइकल र ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने विभिन्न सामग्री हस्तान्तरण गरेको छ। नगरपालिकाद्वारा आयोजित विशेष कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईको उपस्थितिमा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक कुमार रिसालले उक्त सामग्रीहरू हस्तान्तरण गरेका हुन्। नगर प्रमुख रिसालले नगर क्षेत्रको ट्राफिक व्यवस्थापन सुदृढ बनाउन र प्रहरी सेवाको कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्यले सहयोग गरिएको बताए। कार्यक्रममा उपस्थित प्रहरी उपरीक्षक भट्टराईले गोकर्णेश्वर नगरपालिकाको सहयोगप्रति आभार व्यक्त गर्दै प्रहरी सेवा अझ प्रभावकारी र जनमुखी बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे।
Read More
नेपाली कम्युनिस्ट पार्टीको बैठक: सबै प्रदेशमा ‘एकता सन्देश सभा’ सञ्चालन गर्ने निर्णय

नेपाली कम्युनिस्ट पार्टीको बैठक: सबै प्रदेशमा ‘एकता सन्देश सभा’ सञ्चालन गर्ने निर्णय

काठमाडौँ, कात्तिक २२ गते । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको बैठकले आगामी राजनीतिक गतिविधि र संगठन सुदृढीकरणका लागि महत्वपूर्ण निर्णयहरू गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले सबै प्रदेशहरूमा ‘एकता सन्देश सभा’का कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन्। बैठकले घोषित निर्वाचनको तयारीलाई व्यवस्थित र प्रभावकारी ढंगले अभियानका रूपमा अगाडि बढाउने निर्णय पनि गरेको छ। साथै, पार्टी अन्तर्गतका जनवर्गीय संगठन, मोर्चा तथा सहायक संगठनहरूलाई सम्बन्धित तहका पार्टी संरचनासँग समन्वय गरी जनपरिचालन गर्न निर्देशन दिइएको छ। पार्टीले देशभर संगठनात्मक एकता, जनसहभागिता र निर्वाचन तयारीलाई सुदृढ बनाउन यस अभियानलाई केन्द्रीय महत्वका रूपमा…
Read More
पूर्वसांसद मोहम्मद अफताब आलमको निधन, तीन दिनसम्म कांग्रेस कार्यालयमा शोक मनाइने

पूर्वसांसद मोहम्मद अफताब आलमको निधन, तीन दिनसम्म कांग्रेस कार्यालयमा शोक मनाइने

काठमाडौँ, कात्तिक २२ गते । नेपाली कांग्रेसका पूर्वसांसद तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको उपचारका क्रममा निधन भएको छ। ६३ वर्षीय आलमको कात्तिक दोस्रो सातादेखि काठमाडौँ मेडिकल कलेज (केएमसी)मा उपचार हुँदै आएको थियो। मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका आलमको गयराति २ बजेर ५८ मिनेटमा निधन भएको कांग्रेसका नेता देवप्रसाद तिमल्सिनाले पुष्टि गरेका छन्। गत जेठमा नक्खु कारागारबाट छुटेका आलमलाई केही समयअघि ब्रेन स्ट्रोक भएको थियो। उनी लामो समयदेखि स्वास्थ्य समस्या भोग्दै आएका थिए। २०६४ सालको संविधानसभा निर्वाचन तयारीका क्रममा भएको बम विस्फोट घटनामा संलग्नताको आरोपमा रौतहट जिल्ला अदालतले आलमलाई जन्मकैदको सजाय सुनाएको थियो। उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाली…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.