“जेन जि समर्थक सुजन अधिकारीको गिरफ्तारीप्रति नेकपा नेता रामसीको आपत्ति, ‘बिनाअपराध गिरफ्तार, सत्यतथ्य छानबिन होस्’”

हेटौँडा, कात्तिक २२ गते । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामसीले जेन जि आन्दोलनका समर्थकहरुमाथि भइरहेको पक्राउ र आक्रमण प्रति तीव्र आपत्ति जनाएका छन्।

रामसीले आफ्नो सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै हेटौंडा–११ निवासी युवा व्यवसायी सुजन अधिकारीलाई जेन जि आन्दोलनमा समर्थन गरेको कारण बिना गल्ती मकवानपुर प्रहरीले २०८२ साल कात्तिक २२ गते बिहान १० बजे गिरफ्तार गरेको भन्दै आपत्ति जनाएका हुन्।

उनले अधिकारीमाथि कुनै प्रमाणबिनै पक्राउ गरिएको भन्दै तत्काल सत्यतथ्य छानबिन हुनुपर्ने माग गरेका छन्। “गल्तीको प्रमाण भए कारबाही गर्नु ठिकै हो, तर निर्दोष युवालाई पक्राउ गर्नु न्यायसंगत होइन,” रामसीले लेखेका छन्।

रामसीले जेन जि आन्दोलनप्रति नेकपा साथमा रहेको जनाउँदै, अघिल्ला आन्दोलनका बेला युवाहरुमाथि भएको गोली प्रहार र हत्या आदेश दिने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, आइजिपी र संलग्न प्रहरी अधिकारीमाथि समेत कारबाही गर्नुपर्ने माग गरेका छन्।

उनले देशको सुरक्षाको जिम्मा लिएको निकाय मौन र निष्क्रिय बनेको आरोप लगाउँदै, अहिले भइरहेको गिरफ्तारी र दमनलाई “प्रतिशोधपूर्ण व्यवहार” भनेका छन्।

रामसीले नेताहरूलाई आत्मसमिक्षा गर्न र भ्रष्टाचारबाट कमाएको सम्पत्ति राज्यमा बुझाउन सुझाउँदै भनेका छन्, “जनताको आक्रोशलाई दमन गरेर होइन, संवाद र न्यायमार्फत समाधान गर्नुपर्छ।”

उनले सरकारलाई जेन जि आन्दोलनको क्रममा आक्रोशमा भएका तोडफोड र आगजनी घटनामा मुद्दा नचलाउन अनुरोध गर्दै, “जेन जि र समर्थकहरूमाथि कारबाही र जेल सजायँ बढ्दै जाँदा देश गृहयुद्धको जोखिमतर्फ जानसक्छ,” भन्दै सचेत गराएका छन्।

अन्त्यमा उनले गिरफ्तार भएका सुजन अधिकारीलाई तत्काल रिहाइ गर्नुपर्ने माग गर्दै देशलाई शान्तिपूर्ण यात्रातर्फ अघि बढाउन सबै प्रगतिशील शक्तिहरुलाई एकजुट हुन आह्वान गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

“जेन जि समर्थक सुजन अधिकारीको गिरफ्तारीप्रति नेकपा नेता रामसीको आपत्ति, ‘बिनाअपराध गिरफ्तार, सत्यतथ्य छानबिन होस्’”

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

“जेन जि समर्थक सुजन अधिकारीको गिरफ्तारीप्रति नेकपा नेता रामसीको आपत्ति, ‘बिनाअपराध गिरफ्तार, सत्यतथ्य छानबिन होस्’”

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

“जेन जि समर्थक सुजन अधिकारीको गिरफ्तारीप्रति नेकपा नेता रामसीको आपत्ति, ‘बिनाअपराध गिरफ्तार, सत्यतथ्य छानबिन होस्’”

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

“जेन जि समर्थक सुजन अधिकारीको गिरफ्तारीप्रति नेकपा नेता रामसीको आपत्ति, ‘बिनाअपराध गिरफ्तार, सत्यतथ्य छानबिन होस्’”

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

“जेन जि समर्थक सुजन अधिकारीको गिरफ्तारीप्रति नेकपा नेता रामसीको आपत्ति, ‘बिनाअपराध गिरफ्तार, सत्यतथ्य छानबिन होस्’”

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

“जेन जि समर्थक सुजन अधिकारीको गिरफ्तारीप्रति नेकपा नेता रामसीको आपत्ति, ‘बिनाअपराध गिरफ्तार, सत्यतथ्य छानबिन होस्’”

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.