बल्खुमा जेन जि मुभमेन्टको नागरिक संवाद सभा आज, परिवर्तनका एजेन्डा सार्वजनिक हुने

काठमाडौँ, कात्तिक २९ गते । जेन जि मुभमेन्ट नेपाल आज दिउँसो २ बजे काठमाडौँको बल्खुमा खुला नागरिक संवादसभा गर्न लागेको छ। आयोजक समूहले पछिल्ला दिनमा तीव्र बन्दै गएको युवा चेतना, सामाजिक रूपान्तरणका माग र नयाँ पुस्ताले अघि सारेका राजनीतिक एजेन्डाबारे साझा धारणा बनाउने उद्देश्य सभाले अघि सारेको बताएको छ।

आयोजकका अनुसार विभिन्न पेशा–व्यवसायमा संलग्न नागरिक, युवा प्रतिनिधि, तथा सरोकारवाला समूहहरूको उपस्थिति अपेक्षित छ। सभामा सहभागीले आफ्ना अनुभव, गरिबी, अवसरको अभाव, शिक्षामा असमानता, राज्यप्रतिको विश्वास संकट लगायतका विषयमा खुला रुपमा मत राख्न सक्ने व्यवस्था गरिएको छ।

संवादलाई मुख्य औजार मानेर अघि बढिरहेको जेन जि मुभमेन्ट नेपालले यो सभालाई “परिवर्तनका आवाजहरू एउटै मञ्चमा” भन्ने अवधारणासहित आयोजना गरेको हो। आन्दोलनमा उठेका माग तथा विद्रोहकै आवेगलाई विधिसम्मत रूपमा राज्य संरचनामा संस्थागत गराउन दबाब सिर्जना गर्ने लक्ष्य रहेको नेता अजय सोडारीले बताएका छन्।

उनका अनुसार, नयाँ पुस्ताले उठाएका प्रश्नहरूलाई राजनीतिक नेतृत्वले बेवास्ता गर्दा असन्तुष्टि चरममा पुगेकाले सडक, सभामञ्च र डिजिटल माध्यममा आवाज उठाउनुपर्ने बाध्यता सिर्जना भएको हो। सोडारी भन्छन्, “हामी विरोध मात्र होइन, विकल्पसहितको परिवर्तनको प्रस्ताव जनतासामु राख्दैछौँ।”

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

बल्खुमा जेन जि मुभमेन्टको नागरिक संवाद सभा आज, परिवर्तनका एजेन्डा सार्वजनिक हुने

समग्र ज्ञानको पाँच दशक : शारदा माध्यमिक विद्यालयको ५० औँ स्वर्ण महोत्सव उद्घाटन, मुख्यमन्त्री बानियाले भने– ‘अब ठगी खाने होइन, गरी खाने शिक्षा चाहिन्छ

बल्खुमा जेन जि मुभमेन्टको नागरिक संवाद सभा आज, परिवर्तनका एजेन्डा सार्वजनिक हुने

पच्चिस लाख बराबरको बिलबिजक नभएको सामान सहित ट्रक भैसेमा नियन्त्रण

बल्खुमा जेन जि मुभमेन्टको नागरिक संवाद सभा आज, परिवर्तनका एजेन्डा सार्वजनिक हुने

भिमफेदी–बुङदल सडकमा दुःखद दुर्घटना: पुलबाट ५० फिट तल खसेर दुई जना गुरुङको मृत्यु

बल्खुमा जेन जि मुभमेन्टको नागरिक संवाद सभा आज, परिवर्तनका एजेन्डा सार्वजनिक हुने

लालझाडी–चौकीटोल जोड्ने पुल निर्माण ढिलाइ: जोखिमयुक्त आवतजावतबाट स्थानीय त्रासित, ८ करोड ४७ लाखको परियोजना पुनः म्याद थपिएर निर्माण जारी

बल्खुमा जेन जि मुभमेन्टको नागरिक संवाद सभा आज, परिवर्तनका एजेन्डा सार्वजनिक हुने

बल्खुमा जेन जि मुभमेन्टको नागरिक संवाद सभा आज, परिवर्तनका एजेन्डा सार्वजनिक हुने

बल्खुमा जेन जि मुभमेन्टको नागरिक संवाद सभा आज, परिवर्तनका एजेन्डा सार्वजनिक हुने

हेटौंडामा फोहोर व्यवस्थापनको नाममा राजस्व चुहावट: निजी नाफा बढाउँदै नगरको आम्दानी घटेको आरोप

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.