बल्खुमा जेन जि मुभमेन्टको नागरिक संवाद सभा आज, परिवर्तनका एजेन्डा सार्वजनिक हुने

काठमाडौँ, कात्तिक २९ गते । जेन जि मुभमेन्ट नेपाल आज दिउँसो २ बजे काठमाडौँको बल्खुमा खुला नागरिक संवादसभा गर्न लागेको छ। आयोजक समूहले पछिल्ला दिनमा तीव्र बन्दै गएको युवा चेतना, सामाजिक रूपान्तरणका माग र नयाँ पुस्ताले अघि सारेका राजनीतिक एजेन्डाबारे साझा धारणा बनाउने उद्देश्य सभाले अघि सारेको बताएको छ।

आयोजकका अनुसार विभिन्न पेशा–व्यवसायमा संलग्न नागरिक, युवा प्रतिनिधि, तथा सरोकारवाला समूहहरूको उपस्थिति अपेक्षित छ। सभामा सहभागीले आफ्ना अनुभव, गरिबी, अवसरको अभाव, शिक्षामा असमानता, राज्यप्रतिको विश्वास संकट लगायतका विषयमा खुला रुपमा मत राख्न सक्ने व्यवस्था गरिएको छ।

संवादलाई मुख्य औजार मानेर अघि बढिरहेको जेन जि मुभमेन्ट नेपालले यो सभालाई “परिवर्तनका आवाजहरू एउटै मञ्चमा” भन्ने अवधारणासहित आयोजना गरेको हो। आन्दोलनमा उठेका माग तथा विद्रोहकै आवेगलाई विधिसम्मत रूपमा राज्य संरचनामा संस्थागत गराउन दबाब सिर्जना गर्ने लक्ष्य रहेको नेता अजय सोडारीले बताएका छन्।

उनका अनुसार, नयाँ पुस्ताले उठाएका प्रश्नहरूलाई राजनीतिक नेतृत्वले बेवास्ता गर्दा असन्तुष्टि चरममा पुगेकाले सडक, सभामञ्च र डिजिटल माध्यममा आवाज उठाउनुपर्ने बाध्यता सिर्जना भएको हो। सोडारी भन्छन्, “हामी विरोध मात्र होइन, विकल्पसहितको परिवर्तनको प्रस्ताव जनतासामु राख्दैछौँ।”

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

बल्खुमा जेन जि मुभमेन्टको नागरिक संवाद सभा आज, परिवर्तनका एजेन्डा सार्वजनिक हुने

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

बल्खुमा जेन जि मुभमेन्टको नागरिक संवाद सभा आज, परिवर्तनका एजेन्डा सार्वजनिक हुने

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

बल्खुमा जेन जि मुभमेन्टको नागरिक संवाद सभा आज, परिवर्तनका एजेन्डा सार्वजनिक हुने

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

बल्खुमा जेन जि मुभमेन्टको नागरिक संवाद सभा आज, परिवर्तनका एजेन्डा सार्वजनिक हुने

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

बल्खुमा जेन जि मुभमेन्टको नागरिक संवाद सभा आज, परिवर्तनका एजेन्डा सार्वजनिक हुने

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

बल्खुमा जेन जि मुभमेन्टको नागरिक संवाद सभा आज, परिवर्तनका एजेन्डा सार्वजनिक हुने

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.