२०८२ कार्तिक २९, शनिबार २३:०७
२०८२ कार्तिक २९, शनिबार २३:०७
हेटौंडा, कात्तिक २९ गते । हेटौडा उपमहानगरपालिका–१ लालझाडीका बासिन्दा लामो समयदेखि सुरक्षित आवतजावतका अभावमा गम्भीर समस्यामा परिरहेका छन्। लालझाडी र चौकीटोल बजार बीच तिर्खण्डी–कुलेखानी खोलाले दुबै बस्तीलाई छुट्याउँदा विशेषगरी बर्खायामामा गाउँ पुग्न कठिन हुँदै आएको स्थानीयले बताएका छन्। खोलाबाट वारपार गर्न वैकल्पिक सडक मार्गको अभाव र पुल निर्माणमा ढिलाइ हुँदा दैनिकी, व्यापार–व्यवसाय, विद्यार्थीहरू तथा बिरामी विशेष गरी सुत्केरी महिलाको आवतजावतमा ठूलो जोखिम बनेको स्थानीयको गुनासो छ। स्थानीय देवकुमार घिसिङ भन्छन्ः “पहिले त हामीले तुइन झुण्ड्याएर जोखिमपूर्ण ढंगले आवतजावत गर्थ्यौँ। त्यही आवतजावत गर्ने क्रममा एक वृद्ध झर्दा मृत्यु समेत भएको थियो। पुल निर्माण सुरु त भयो, तर आजसम्म पूर्ण हुन सकेको…