हेटौडामा नदिजन्य पदार्थको अवैध निकासी रोक्न वडाध्यक्ष सिग्देलको कडा माग

हेटौडा, मंसिर ३ गते । हेटौडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले जिल्लाभर नदिजन्य वस्तुको चोरी र अनियमित निकासी रोक्न तत्काल प्रभावकारी कदम चाल्न जिल्ला प्रशासन कार्यालय मकवानपुर तथा हेटौडा उपमहानगरपालिकालाई आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत स्टाटस सार्वजनिक गर्दै उनले हाल नदिजन्य पदार्थको चोरी, अवैध उत्खनन तथा ढुवानीको विगविगी बढ्दो अवस्थामा रहेको भन्दै कडा असन्तुष्टि व्यक्त गरेका हुन्।

सिग्देलले नदिजन्य वस्तुसम्बन्धी अनियमितता तत्काल बंद गराउन सम्बन्धित निकायले छानबिन गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्। “नदिजन्य बस्तुको चोरी निकासीको विगविगी बढेको छ। यसबारे छानबिन गरी तुरुन्त कडा कारबाही होस्,” उनले स्टाटसमा उल्लेख गरेका छन्।

हाल जिल्लाका विभिन्न स्थानबाट अनधिकृत उत्खनन तथा ओसार–पसारका घटना बढ्दै गएपछि स्थानीयवासी पनि चिन्तित बनेका छन्। वडाध्यक्ष सिग्देलले अवैध क्रियाकलाप रोक्न प्रभावकारी अनुगमन, कडाइका साथ कारबाही र स्थानीय तहबीच तालमेल आवश्यक रहेको बताए।

उनको मागसँगै यतिबेला स्थानीय तह तथा सुरक्षा निकायको भूमिकाबारे चर्चा तीव्र बनेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.