बस्तिपुर जेसिज मनहरीद्वारा जेसिज सप्ताह–२०२५ सफलतापूर्वक सम्पन्न

बस्तिपुर, मनहरी, मंसिर ८ गते । बस्तिपुर जेसिज मनहरीले पाँचदिने जेसिज सप्ताह–२०२५ विविध कार्यक्रमसहित सम्पन्न गरेको छ। मंसिर २ गते सुरु भएको सप्ताह व्यापी पहल मंसिर ६ गते औपचारिक समापनसँगै सम्पन्न भयो।

यस वर्ष जेसि सन्तोष उप्रेतीको नेतृत्वमा सञ्चालन भएको जेसिज सप्ताहको सुरुआत मकवानपुर–चितवन सिमाना लोथरमा डिजिटल सूचना बोर्ड स्थापना गरेर गरिएको थियो। उद्घाटनकै दिन मनहरी–६ स्थित जनजाति उत्थान प्राविमा खेलकुद सामग्री वितरण गरी स्थानीय विद्यार्थीहरूलाई प्रोत्साहन प्रदान गरिएको थियो।

मंसिर ३ गते भिमफेदी गाउँपालिकामा आयोजित आँखा शिविर तथा अपरेशन सेवा सप्ताहको एक प्रमुख सामाजिक सेवा बनेको छ। यसमार्फत धेरै स्थानीयले प्रत्यक्ष लाभ पाए।

त्यसपछि मंसिर ४ गते हेटौंडा–१९ क्याम्पडाँडामा स्व. गणेशप्रसाद भेटवाल स्मृति ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको थियो। सोही दिन मनहरी–४ चिसापानीस्थित चेपाङ प्राविमा न्यानो कपडा वितरण तथा हेटौंडा–३ लेवटस्थित बाल उज्जवल माविमा साइबर क्राइम र लागूऔषध दुरुपयोगसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरियो।

जेसिज सप्ताह–२०२५ का मुख्य कार्यक्रम संयोजक जेसि सुरज बर्तौला तथा सह–संयोजक जेसि अरुण बर्तौलाले सम्पूर्ण गतिविधि संयोजनमा महत्वपूर्ण भूमिका निर्वाह गरे।

सप्ताहको समापन तथा पुरस्कार वितरण कार्यक्रम बस्तिपुरस्थित जेसिज सचिवालयमा सम्पन्न भयो। सभाध्यक्ष जेसि सन्तोष उप्रेतीले कार्यक्रमको नेतृत्व गरेका थिए भने प्रमुख अतिथि नेपाल जेसिज २०२१ का अध्यक्ष सिनेटर अरुणेश्वर खनाल तथा विशिष्ट अतिथि नेपाल जेसिज २०२५ का महासचिव जेसि विकेशलाल श्रेष्ठ उपस्थित थिए। कार्यक्रम बस्तिपुर जेसिज मनहरी वर्ष–२०२५ का महासचिव जेसि सोवित वाइबाले सञ्चालन गरेका थिए।

बस्तिपुर जेसिज मनहरीको यो वर्षको जेसिज सप्ताहलाई सफल र प्रभावकारी मानिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

बस्तिपुर जेसिज मनहरीद्वारा जेसिज सप्ताह–२०२५ सफलतापूर्वक सम्पन्न

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

बस्तिपुर जेसिज मनहरीद्वारा जेसिज सप्ताह–२०२५ सफलतापूर्वक सम्पन्न

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

बस्तिपुर जेसिज मनहरीद्वारा जेसिज सप्ताह–२०२५ सफलतापूर्वक सम्पन्न

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

बस्तिपुर जेसिज मनहरीद्वारा जेसिज सप्ताह–२०२५ सफलतापूर्वक सम्पन्न

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

बस्तिपुर जेसिज मनहरीद्वारा जेसिज सप्ताह–२०२५ सफलतापूर्वक सम्पन्न

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

बस्तिपुर जेसिज मनहरीद्वारा जेसिज सप्ताह–२०२५ सफलतापूर्वक सम्पन्न

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.