२०८२ मंसिर ८, सोमबार १४:००
२०८२ मंसिर ८, सोमबार १४:००
हेटौँडा, मंसिर ८ गते । हेटौँडा उप–महानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले सडक तथा घर–व्यवसाय अगाडिका बत्तीहरू समयमा बाल्ने र समयमा निभाउने आग्रह गर्दै स्थानीयवासीलाई सचेत गराएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिलमा उनले केही स्थानहरूमा सडक बत्ती बिहान ८:४५ बजेसम्म अनावश्यक रूपमा बलिरहने अवस्थाप्रति ध्यानाकर्षण गराउँदै “कर्तव्य पनि पूरा गरौँ” भन्ने संदेश दिएका छन्। वडाध्यक्ष सिग्देलका अनुसार अनियन्त्रित रूपमा बत्ती बलिरहँदा विद्युत्को अनावश्यक खर्च मात्र होइन, स्थानीय सरकारको दायित्वप्रति जनताको अविश्वास पनि बढ्ने सम्भावना रहन्छ। उनले घर तथा पसल अगाडिका निजी बत्तीहरू पनि समयमा नै निभाउन आग्रह गर्दै सबै पक्षको साना–साना जिम्मेवारीले ऊर्जा व्यवस्थापन र सार्वजनिक सम्पत्तिको संरक्षणमा ठूलो योगदान पुर्याउने…