हेटौंडामा अपाङ्गता मैत्री फुटपाथ व्यवस्थापन प्रदर्शन सम्पन्न

हेटौंडा, मंसिर १८ गते । अपाङ्गता भएका व्यक्तिको ३४औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशको समन्वयमा अपाङ्गता मैत्री फुटपाथ व्यवस्थापनसम्बन्धी प्रदर्शनी कार्यक्रम हेटौंडामा सम्पन्न गरिएको छ।

कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षित, सहज र स्वतन्त्र आवागमन सुनिश्चित गर्न शहरी पूर्वाधार कस्तो हुनुपर्छ भन्ने विषयमा व्यवहारिक अवलोकन गराएको थियो। प्रदर्शनका क्रममा र्याम्पयुक्त प्रवेशद्वार, समतल तथा अवरोध–रहित मार्ग, ह्वीलचेयर पहुँचयोग्य फुटपाथ, क्रसिङ क्षेत्र तथा सार्वजनिक कार्यालय परिसरमा हुनुपर्ने संरचनात्मक सहजताबारे प्राविधिक रूपमा मार्गदर्शन दिइएको थियो।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशका अध्यक्षले “सार्वजनिक पूर्वाधार सबैका लागि पहुँचयोग्य हुनु नै समावेशी समाज निर्माणको आधार हो” भन्दै आजको प्रदर्शनले स्थानीय तह र सरोकारवालालाई व्यवहारिक रुपमा प्रेरित गर्ने विश्वास व्यक्त गरे।

त्यस्तै, सामाजिक विकास मन्त्रालयका नि. सचिव अमृत अधिकारीले अबका शहरी पूर्वाधार निर्माणमा ‘अपाङ्गता मैत्री’ अवधारणा अनिवार्य रूपमा समावेश गरिने प्रतिबद्धता व्यक्त गर्दै, यस्तो कार्यक्रमले नीतिनिर्मातालाई वास्तविक आवश्यकताबारे थप बुझाइ प्रदान गरेको बताए।

कार्यक्रममा विभिन्न सामाजिक संघ–संस्था, सरकारी निकायका प्रतिनिधि, अपाङ्गता अधिकारकर्मी तथा अपाङ्गता भएका व्यक्तिहरूको उल्लेख्य सहभागिता थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौंडामा अपाङ्गता मैत्री फुटपाथ व्यवस्थापन प्रदर्शन सम्पन्न

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

हेटौंडामा अपाङ्गता मैत्री फुटपाथ व्यवस्थापन प्रदर्शन सम्पन्न

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

हेटौंडामा अपाङ्गता मैत्री फुटपाथ व्यवस्थापन प्रदर्शन सम्पन्न

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

हेटौंडामा अपाङ्गता मैत्री फुटपाथ व्यवस्थापन प्रदर्शन सम्पन्न

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

हेटौंडामा अपाङ्गता मैत्री फुटपाथ व्यवस्थापन प्रदर्शन सम्पन्न

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

हेटौंडामा अपाङ्गता मैत्री फुटपाथ व्यवस्थापन प्रदर्शन सम्पन्न

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.