Day: २०८२ मंसिर १८, बिहीबार २१:४६

हेटौंडामा समाजवादी जेन जि फोर्स मकवानपुर गठन, सुर्य बहादुर गोले संयोजक

हेटौंडामा समाजवादी जेन जि फोर्स मकवानपुर गठन, सुर्य बहादुर गोले संयोजक

हेटौंडा, मंसिर १८ गते । मकवानपुरमा समाजवादी जेन जि फोर्सको संरचना विस्तार गर्दै आज बसेको भेलाले सुर्य बहादुर गोलेको नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ। नवगठित फोर्सले जेन्जी आन्दोलनका उपलब्धि, मूल्य–मान्यताको संरक्षण र राज्यसञ्चालनमा नयाँ पुस्ताको भूमिकालाई प्रभावकारी बनाउने उद्देश्य व्यक्त गरेको छ। संयोजक गोलेका अनुसार महान जेन्जी युवा–विद्यार्थीहरूको बलिदानी संघर्षबाट प्राप्त उपलब्धिलाई सबैले स्वीकार गरे पनि आन्दोलनमा सक्रिय भएकै कारण युवा पुस्तालाई जेल हाल्ने, दमन गर्ने प्रवृत्ति जारी रहनु राज्यको दोहोरो चरित्रको प्रमाण हो। उनले भने, “जेन जि आन्दोलनको क्रममा भएका गम्भीर घटनामा संलग्न वास्तविक अपराधीलाई कारबाही गर्न नसक्ने, तर सामान्य मुद्दामा दोषारोपण गर्दै युवाहरूमाथि दमन गर्नु…
Read More
अखिल (समाजवादी) मकवानपुरको पाँचौँ पूर्ण बैठक सम्पन्न, २५औँ जिल्ला सम्मेलन आयोजक समिति गठन

अखिल (समाजवादी) मकवानपुरको पाँचौँ पूर्ण बैठक सम्पन्न, २५औँ जिल्ला सम्मेलन आयोजक समिति गठन

हेटौंडा, मंसिर १८ गते । अखिल (समाजवादी) मकवानपुरको पाँचौँ पूर्ण बैठक हेटौंडामा सम्पन्न भएको छ। बैठकले संगठन विस्तार र आगामी राजनीतिक कार्यक्रमलाई केन्द्रमा राख्दै महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले अखिल (समाजवादी) मकवानपुरका अध्यक्ष सुबास सीको संयोजकत्वमा २३ सदस्यीय २५औँ जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ। समितिले जिल्लाभरि संगठनात्मक तयारीलाई तीव्रता दिने र सम्मेलनलाई प्रभावकारी बनाउने दायित्व पाएको छ। त्यसैगरी, आगामी निर्वाचन लक्षित कार्ययोजना अनुसार मकवानपुर क्षेत्र नं. १ को समन्वय जिम्मेवारी सुबास सीलाई र क्षेत्र नं. २ को कार्यदायित्व सूर्य सीलाई तोकिएको छ। साथै जिल्लाका विभिन्न क्याम्पसहरूमा इकाई सम्मेलन सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ। बैठकमा नेपाल कम्युनिस्ट…
Read More
अपाङ्गता दिवसको अवसरमा हेटौंडामा रक्तदान कार्यक्रम सम्पन्न, ४० जनाले दिए रक्तदान

अपाङ्गता दिवसको अवसरमा हेटौंडामा रक्तदान कार्यक्रम सम्पन्न, ४० जनाले दिए रक्तदान

हेटौंडा, मंसिर १८ गते । अपाङ्गता भएका व्यक्तिको ३४औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, मकवानपुर अपाङ्ग उत्थान समाजको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशको समन्वय र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा हेटौंडामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। संयुक्त राष्ट्रसंघले सन् १९९२ देखि मनाउँदै आएको अन्तर्राष्ट्रिय अपाङ्गता दिवस यस वर्ष “Fostering Disability Inclusive Societies for Advancing Social Progress” भन्ने अन्तर्राष्ट्रिय नारा तथा “अपाङ्गता समावेशी समाजको प्रवर्द्धन: सामाजिक उन्नतिको संवर्द्धन” भन्ने राष्ट्रिय मूल नारासहित मनाइँदैछ। त्यसकै सामाजिक उत्तरदायित्व र मानव सेवा भावनालाई मूर्त रूप दिन यो रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ। कार्यक्रममा माननीय…
Read More
अपाङ्गता अन्तर्राष्ट्रिय दिवसमा हेटौंडामा सार्वजनिक यातायातमा ५०% भाडा छुट स्टिकर अभियान सम्पन्न

अपाङ्गता अन्तर्राष्ट्रिय दिवसमा हेटौंडामा सार्वजनिक यातायातमा ५०% भाडा छुट स्टिकर अभियान सम्पन्न

हेटौंडा, मंसिर १८ गते । अपाङ्गता भएका व्यक्तिको ३४औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा सार्वजनिक यातायातमा ५० प्रतिशत भाडा छुटको जानकारीमूलक स्टिकर टाँस अभियान हेटौंडामा सफलतापूर्वक सम्पन्न गरिएको छ। राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशको आयोजनामा तथा अपाङ्ग सरोकार केन्द्र मकवानपुर, नारायणी यातायात व्यवसायी संघ हेटौंडा र जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमअन्तर्गत अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई कानुनद्वारा प्रदान गरिएका छुट सुविधाबारे स्पष्ट जानकारी दिन स्टिकरहरू विभिन्न सार्वजनिक यातायातका साधनमा टाँस गरिएको थियो। अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को दफा ३७(२), अधिकारसम्बन्धी नियमावली २०७७ को नियम १२, तथा ज्येष्ठ नागरिक ऐन २०६३ को दफा…
Read More
हेटौंडामा अपाङ्गता मैत्री फुटपाथ व्यवस्थापन प्रदर्शन सम्पन्न

हेटौंडामा अपाङ्गता मैत्री फुटपाथ व्यवस्थापन प्रदर्शन सम्पन्न

हेटौंडा, मंसिर १८ गते । अपाङ्गता भएका व्यक्तिको ३४औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशको समन्वयमा अपाङ्गता मैत्री फुटपाथ व्यवस्थापनसम्बन्धी प्रदर्शनी कार्यक्रम हेटौंडामा सम्पन्न गरिएको छ। कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षित, सहज र स्वतन्त्र आवागमन सुनिश्चित गर्न शहरी पूर्वाधार कस्तो हुनुपर्छ भन्ने विषयमा व्यवहारिक अवलोकन गराएको थियो। प्रदर्शनका क्रममा र्याम्पयुक्त प्रवेशद्वार, समतल तथा अवरोध–रहित मार्ग, ह्वीलचेयर पहुँचयोग्य फुटपाथ, क्रसिङ क्षेत्र तथा सार्वजनिक कार्यालय परिसरमा हुनुपर्ने संरचनात्मक सहजताबारे प्राविधिक रूपमा मार्गदर्शन दिइएको थियो। कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशका अध्यक्षले “सार्वजनिक पूर्वाधार सबैका लागि पहुँचयोग्य हुनु नै समावेशी समाज…
Read More
हेटौंडाको पक्षमा निर्णायक संघर्षमा उत्रिएका भैरव समूह संयोजक दिभेष शाक्य, ‘अब प्रमाणसहित कानुनी लडाइँ

हेटौंडाको पक्षमा निर्णायक संघर्षमा उत्रिएका भैरव समूह संयोजक दिभेष शाक्य, ‘अब प्रमाणसहित कानुनी लडाइँ

ललितपुर, मंसिर १८ गते । सामाजिक सञ्जालमा लामो समयदेखि हेटौंडाको अधिकार, विकास र नागरिक हितका विषय उठाउँदै आएका भैरव समूहका संयोजक दिभेष शाक्यले अब आफू प्रत्यक्ष रूपमा कानुनी र प्रशासनिक तहमा उभिएर संघर्ष गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको विस्तृत अभिव्यक्तिमा उनले हेटौंडाका नागरिकले पाउनुपर्ने हकहित र न्यायको मुद्दालाई अब निर्णायक पहलकदमीमार्फत अघि बढाउने प्रतिवद्धता जनाएका छन्। शाक्यले आफ्नो पोस्टमा पछिल्ला चर्को बहस, जनता–समुदायका अपेक्षा तथा बढ्दो जिम्मेवारीले आफूलाई अझ सशक्त रूपमा हेटौंडाको पक्षमा उभिन प्रेरित गरेको उल्लेख गरेका छन्। “यो अब केवल प्रतिवाद वा बोलाइ मात्र होइन, हेटौंडाको भविष्य र अधिकारका लागि निर्णायक पहल हो,” उनले लेखेका…
Read More
सडक विस्तारको अवरोध सह्य हुँदैन, आवश्यक परे कानुनी कदम चालिन्छ” — सिडिओ अधिकारी

सडक विस्तारको अवरोध सह्य हुँदैन, आवश्यक परे कानुनी कदम चालिन्छ” — सिडिओ अधिकारी

हेटौंडा, मंसिर १८ गते । सडक डिभिजन कार्यालय हेटौडाले अघि बढाएको २५–२५ गज सडक विस्तारका क्रममा उत्पन्न हुन सक्ने अवरोध र सुरक्षा व्यवस्थाबारे प्रमुख जिल्ला अधिकारी (सिडिओ) बसन्त अधिकारीले स्पष्ट धारणा व्यक्त गरेका छन्। पत्रकारहरूसँग कुरा गर्दै उनले स्थानीय प्रशासनले कानूनले परिभाषित सीमा भित्र रहेर मात्र कदम चाल्ने बताए। सिडिओ अधिकारीले भने, “अश्रुग्यास, लाठी प्रहार स्थानीय प्रशासन ऐनअनुसार मात्र प्रयोग हुन्छ। आवश्यक नपरेको खण्डमा कुनै पनि अप्रिय अवस्था नआओस् भन्ने हाम्रो चाहना हो।” उनका अनुसार सडक विस्तार कार्यलाई अवरुद्ध गर्ने, उत्तेजना फैलाउने वा गैरकानुनी गतिविधि गर्ने व्यक्तिहरूलाई कानुनअनुसार कडाइका साथ कारबाही गरिनेछ। सडक विस्तारलाई लिएर प्रभावित व्यवसायी तथा स्थानीयवासीले विभिन्न…
Read More
सडक विस्तारका कारण बिस्थापित व्यावसायीलाई वैकल्पिक स्थान दिन उपमहानगरको तयारी

सडक विस्तारका कारण बिस्थापित व्यावसायीलाई वैकल्पिक स्थान दिन उपमहानगरको तयारी

हेटौंडा, मंसिर १८ गते । सडक डिभिजन कार्यालय हेटौडाले २५–२५ गज सडक विस्तारको तयारीसँगै प्रभावित हुने व्यावसायीलाई वैकल्पिक रूपमा व्यवस्थापन गर्न सकिने हेटौंडा उपमहानगरपालिकाले जनाएको छ। सडक विस्तारको कारण बिस्थापित बन्ने व्यावसायीलाई स्थानान्तरणका लागि उपमहानगरले विभिन्न संरचना पहिचान गरेको हो। उपमहानगरका अनुसार हेटौंडा बसपार्कस्थित ४० वटा सटर तत्काल प्रयोगमा ल्याउन सकिनेछन्। यस्तै, हेटौंडा–११ स्थित तरकारी, फलफूल तथा थोक बजारका लागि निर्माण गरिएका ६० वटा कोठामा पनि प्रभावित व्यवसायीलाई राख्न सकिने व्यवस्था मिलाइएको छ। साथै भुटनदेवी माध्यमिक विद्यालयले निर्माण गरेका खाली सटरहरू पनि वैकल्पिक स्थानका रूपमा प्रयोग गर्न सकिने उपमहानगरपालिकाका स्रोतले बताएका छन्। उपमहानगरका अनुसार सडक विस्तारले व्यवसाय प्रभावित नहोस् भन्ने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.