अखिल (समाजवादी) मकवानपुरको पाँचौँ पूर्ण बैठक सम्पन्न, २५औँ जिल्ला सम्मेलन आयोजक समिति गठन

हेटौंडा, मंसिर १८ गते । अखिल (समाजवादी) मकवानपुरको पाँचौँ पूर्ण बैठक हेटौंडामा सम्पन्न भएको छ। बैठकले संगठन विस्तार र आगामी राजनीतिक कार्यक्रमलाई केन्द्रमा राख्दै महत्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकले अखिल (समाजवादी) मकवानपुरका अध्यक्ष सुबास सीको संयोजकत्वमा २३ सदस्यीय २५औँ जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ। समितिले जिल्लाभरि संगठनात्मक तयारीलाई तीव्रता दिने र सम्मेलनलाई प्रभावकारी बनाउने दायित्व पाएको छ।

त्यसैगरी, आगामी निर्वाचन लक्षित कार्ययोजना अनुसार मकवानपुर क्षेत्र नं. १ को समन्वय जिम्मेवारी सुबास सीलाई र क्षेत्र नं. २ को कार्यदायित्व सूर्य सीलाई तोकिएको छ। साथै जिल्लाका विभिन्न क्याम्पसहरूमा इकाई सम्मेलन सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का केन्द्रिय सदस्य तथा मकवानपुर इन्चार्ज राम सी प्रमुख अतिथि थिए भने अखिल (समाजवादी) का केन्द्रिय सचिव तथा नारायणी–मधेस प्रदेश इन्चार्ज अटल सी विशेष अतिथिका रूपमा उपस्थित थिए। पेमा सी, लोकेश सी, विवेक सीलगायतको आतिथ्यता बैठकमा रहेको थियो।

बैठकले संगठनलाई थप सबल बनाउँदै जिल्लामा हुने २५औँ सम्मेलन सफल र प्रभावकारी रूपमा सम्पन्न गर्न सबै संरचनालाई सक्रिय हुन आह्वान गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

अखिल (समाजवादी) मकवानपुरको पाँचौँ पूर्ण बैठक सम्पन्न, २५औँ जिल्ला सम्मेलन आयोजक समिति गठन

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

अखिल (समाजवादी) मकवानपुरको पाँचौँ पूर्ण बैठक सम्पन्न, २५औँ जिल्ला सम्मेलन आयोजक समिति गठन

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

अखिल (समाजवादी) मकवानपुरको पाँचौँ पूर्ण बैठक सम्पन्न, २५औँ जिल्ला सम्मेलन आयोजक समिति गठन

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

अखिल (समाजवादी) मकवानपुरको पाँचौँ पूर्ण बैठक सम्पन्न, २५औँ जिल्ला सम्मेलन आयोजक समिति गठन

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

अखिल (समाजवादी) मकवानपुरको पाँचौँ पूर्ण बैठक सम्पन्न, २५औँ जिल्ला सम्मेलन आयोजक समिति गठन

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

अखिल (समाजवादी) मकवानपुरको पाँचौँ पूर्ण बैठक सम्पन्न, २५औँ जिल्ला सम्मेलन आयोजक समिति गठन

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.