हेटौंडामा समाजवादी जेन जि फोर्स मकवानपुर गठन, सुर्य बहादुर गोले संयोजक

हेटौंडा, मंसिर १८ गते । मकवानपुरमा समाजवादी जेन जि फोर्सको संरचना विस्तार गर्दै आज बसेको भेलाले सुर्य बहादुर गोलेको नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ। नवगठित फोर्सले जेन्जी आन्दोलनका उपलब्धि, मूल्य–मान्यताको संरक्षण र राज्यसञ्चालनमा नयाँ पुस्ताको भूमिकालाई प्रभावकारी बनाउने उद्देश्य व्यक्त गरेको छ।

संयोजक गोलेका अनुसार महान जेन्जी युवा–विद्यार्थीहरूको बलिदानी संघर्षबाट प्राप्त उपलब्धिलाई सबैले स्वीकार गरे पनि आन्दोलनमा सक्रिय भएकै कारण युवा पुस्तालाई जेल हाल्ने, दमन गर्ने प्रवृत्ति जारी रहनु राज्यको दोहोरो चरित्रको प्रमाण हो।

उनले भने, “जेन जि आन्दोलनको क्रममा भएका गम्भीर घटनामा संलग्न वास्तविक अपराधीलाई कारबाही गर्न नसक्ने, तर सामान्य मुद्दामा दोषारोपण गर्दै युवाहरूमाथि दमन गर्नु अत्यन्त लज्जास्पद अवस्था हो।”

छानबिन आयोगले हत्याका घटना, प्रशासनको हथियार लुटपाटदेखि राज्यका संवेदनशील निकायमाथिका हमला जस्ता विषयमा संलग्न दोषी पहिचान गरी कानुनी कारबाही अघि नबढाएकोप्रति उनले प्रश्न उठाए।

त्यसैगरी, भदौ २३ र २४ का घटनालाई लिएर गैरगम्भीर प्रकृतिका मुद्दामा समातिएका जेन्जी अभियन्ताहरूलाई तुरुन्त रिहा गर्नुपर्ने माग पनि उनले राखे।

यससँगै गोलेले बागमती प्रदेशको राजधानी हेटौंडामा भइरहेको महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ किनाराका २५/२५ गज सडक विस्तार अभियानलाई समाजवादी जेन जि फोर्सको पूर्ण समर्थन रहेको बताए।

सडक सिमाभित्र पर्ने घरटहरा हटाउँदा कुनै परिवार सडकमा बस्नुपर्ने अवस्था आएमा उचित व्यवस्थापन गर्नु सम्बन्धित निकायको दायित्व हुने उनले स्पष्ट पारे।

बिकासका काममा विभिन्न बहानामा अवरोध सिर्जना नगरी हेटौंडाको समृद्धि अभियानमा साथ दिन उनले सम्पूर्ण स्थानीयवासीलाई आग्रह गरे।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौंडामा समाजवादी जेन जि फोर्स मकवानपुर गठन, सुर्य बहादुर गोले संयोजक

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

हेटौंडामा समाजवादी जेन जि फोर्स मकवानपुर गठन, सुर्य बहादुर गोले संयोजक

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

हेटौंडामा समाजवादी जेन जि फोर्स मकवानपुर गठन, सुर्य बहादुर गोले संयोजक

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

हेटौंडामा समाजवादी जेन जि फोर्स मकवानपुर गठन, सुर्य बहादुर गोले संयोजक

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

हेटौंडामा समाजवादी जेन जि फोर्स मकवानपुर गठन, सुर्य बहादुर गोले संयोजक

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

हेटौंडामा समाजवादी जेन जि फोर्स मकवानपुर गठन, सुर्य बहादुर गोले संयोजक

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.