हेटौडा उपमहानगरभित्र सडक सीमा संरक्षण अभियान सर्वोच्चको आदेशपछि स्थगित

हेटौँडा, मंसिर २१ गते । हेटौडा उपमहानगरभित्र पर्ने राष्ट्रिय लोकमार्गहरूको सडक सीमा संरक्षण अभियान सर्वोच्च अदालतको उत्प्रेषण आदेशपछि स्थगित भएको छ।

गएको मंसिर ५ गते सडक डिभिजन कार्यालय हेटौंडाले गोरखापत्र दैनिकमार्फत जारी गरेको सूचनामा २५–२५ गज भित्रका संरचना हटाउने, बजार क्षेत्रमा राजमार्गको दायाँबायाँ सडक खाली गराउने लगायतका कार्यका लागि सर्वसाधारण, घरधनी, व्यवसायी, सञ्चारकर्मी तथा सरोकारवालाहरूलाई सहयोगको आह्वान गरिएको थियो।

निर्धारित अवधिभित्र सो अभियानमा सकारात्मक साथ र सहयोग प्रदान गर्ने सबैप्रति डिभिजन कार्यालयले आभार व्यक्त गरेको छ। यद्यपि सूचनाविरुद्ध केही सरोकारवालाहरूले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेपछि अदालतले मंसिर १९ गते उत्प्रेषण आदेश जारी गरेको र सो आदेश मंसिर २१ गते बिहान १२:४६ बजे तामिल भएको डिभिजन कार्यालयले जनाएको छ।

अदालतको आदेशलाई सम्मान गर्दै सडक डिभिजन हेटौंडाले सूचना अनुसारका सबै काम हालका लागि स्थगन गरिएको जानकारी दिएको छ।
डिभिजन प्रमुखका अनुसार अदालतको आगामी निर्णयअनुसार मात्र अगाडिका कार्यबारे सहमति निर्माण गरिनेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौडा उपमहानगरभित्र सडक सीमा संरक्षण अभियान सर्वोच्चको आदेशपछि स्थगित

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

हेटौडा उपमहानगरभित्र सडक सीमा संरक्षण अभियान सर्वोच्चको आदेशपछि स्थगित

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

हेटौडा उपमहानगरभित्र सडक सीमा संरक्षण अभियान सर्वोच्चको आदेशपछि स्थगित

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

हेटौडा उपमहानगरभित्र सडक सीमा संरक्षण अभियान सर्वोच्चको आदेशपछि स्थगित

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

हेटौडा उपमहानगरभित्र सडक सीमा संरक्षण अभियान सर्वोच्चको आदेशपछि स्थगित

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

हेटौडा उपमहानगरभित्र सडक सीमा संरक्षण अभियान सर्वोच्चको आदेशपछि स्थगित

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.