विराटनगरमा सास्थम कलेजद्वारा बीबीए–बीएचएम नवप्रवेशीको भव्य स्वागत

विराटनगर, पुस ४ गते । साउथ एसियन स्कूल अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज, विराटनगरले बीबीए र बीएचएम कार्यक्रमका नवप्रवेशी विद्यार्थीलाई लक्षित गरी कलेज परिसरमै स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा. सन्देश दास श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजना गरिएको हो।

प्रमुख अतिथि डा. श्रेष्ठले विद्यार्थीहरूलाई अध्ययनमा अनुशासन, सीप अभिवृद्धि र व्यवहारिक ज्ञानलाई प्राथमिकता दिन आग्रह गर्दै पर्यटन तथा आतिथ्य व्यवस्थापन क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा सास्थम कलेजको योगदान उल्लेखनीय रहेको बताए। उनले गुणस्तरीय शिक्षामार्फत सास्थमले पूर्वाञ्चल क्षेत्रमा होटल व्यवस्थापन अध्ययनको अग्रणी संस्थाका रूपमा पहिचान बनाएको पनि स्पष्ट पारे।

कार्यक्रमलाई आकर्षक बनाउन कलेजमा अध्ययनरत विद्यार्थीहरूले सांस्कृतिक नृत्य, कल्चर र्याम्प, गीत तथा विविध मनोरञ्जनात्मक प्रस्तुति प्रस्तुत गर्दै नवप्रवेशीलाई आत्मीय स्वागत गरेका थिए।

क्याम्पस प्रमुख विनय केसीका अनुसार शैक्षिक सत्र २०२५ मा कलेजमा उल्लेख्य संख्यामा विद्यार्थी भर्ना भएका छन्। बीएचएमतर्फ २२औँ ब्याचमा १४४ जना, बीबीएतर्फ १७औँ ब्याचमा ९६ जना तथा एमबीएतर्फ तेस्रो ब्याचमा ३३ जना विद्यार्थी अध्ययनरत छन्। यसै वर्षदेखि कलेजले एमएचएचएम कार्यक्रमसमेत सञ्चालनमा ल्याएको जानकारी उनले दिए।

कार्यक्रममा सास्थम कलेजका प्रवन्ध निर्देशक रोशन बहादुर थापा, क्याम्पस प्रमुख विनय केसी, प्रशासन प्रमुख राजेश गुरुङ, बीएचएम कार्यक्रम निर्देशक शैलेन्द्र गणेश, बीबीए कार्यक्रम निर्देशक केशव भण्डारी, प्लस टु को–अर्डिनेटर सुशिल खनाल, क्याम्पस व्यवस्थापक महेश्वर सिंहलगायतको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

विराटनगरमा सास्थम कलेजद्वारा बीबीए–बीएचएम नवप्रवेशीको भव्य स्वागत

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

विराटनगरमा सास्थम कलेजद्वारा बीबीए–बीएचएम नवप्रवेशीको भव्य स्वागत

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

विराटनगरमा सास्थम कलेजद्वारा बीबीए–बीएचएम नवप्रवेशीको भव्य स्वागत

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

विराटनगरमा सास्थम कलेजद्वारा बीबीए–बीएचएम नवप्रवेशीको भव्य स्वागत

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

विराटनगरमा सास्थम कलेजद्वारा बीबीए–बीएचएम नवप्रवेशीको भव्य स्वागत

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

विराटनगरमा सास्थम कलेजद्वारा बीबीए–बीएचएम नवप्रवेशीको भव्य स्वागत

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.