भीमफेदी–कुलेखानी सडकमा सुमो खस्यो, ६ जनाको ज्यान गयो

भीमफेदी, पुस २० गते । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा भएको सुमो दुर्घटनाले ठूलो मानवीय क्षति पुर्‍याएको छ। दुर्घटनामा घाइते भएका ९ जनामध्ये उपचारका क्रममा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले पुष्टि गरेको छ।

आइतबार साँझ करिब ५ः३० बजे भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना.१ज १७७८ नम्बरको सुमो गाडी अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको हो।

दुर्घटनापछि स्थानीय बासिन्दा, प्रहरी तथा उद्धार टोलीले घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएका थिए। तर गम्भीर घाइतेमध्ये ६ जनाले उपचारकै क्रममा ज्यान गुमाएका हुन्। बाँकी घाइतेहरूको अवस्था र उपचारबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

भीमफेदी–कुलेखानी सडकमा सुमो खस्यो, ६ जनाको ज्यान गयो

मेची–महाकाली साइकल यात्रामा सफलता पाउने टोलीलाई हेटौडामा सम्मान

भीमफेदी–कुलेखानी सडकमा सुमो खस्यो, ६ जनाको ज्यान गयो

अब राहदानी घरमै: हेटौडामा हुलाकमार्फत ‘डोर–टु–डोर’ सेवा सुरु

भीमफेदी–कुलेखानी सडकमा सुमो खस्यो, ६ जनाको ज्यान गयो

हेटौंडा आन्तरिक राजस्व कार्यालय र बागमती गाउँपालिका बीच सम्झौता, स्थानीय तहबाटै प्यान सेवा र राजस्व सङ्कलन प्रभावकारी बनाइने

भीमफेदी–कुलेखानी सडकमा सुमो खस्यो, ६ जनाको ज्यान गयो

बकैया गाउँपालिका–४ मा सडक निर्माणका लागि जुरेली–सिमात खण्ड अनिश्चितकालका लागि बन्द

भीमफेदी–कुलेखानी सडकमा सुमो खस्यो, ६ जनाको ज्यान गयो

सम्पत्ति विवरणमा पारदर्शिता माग्दै सुन्दर लामाको टिप्पणी : “सरकारका राम्रा काममा समर्थन, तर शंका लागेका विषयमा खबरदारी जारी”

भीमफेदी–कुलेखानी सडकमा सुमो खस्यो, ६ जनाको ज्यान गयो

राईटोलमा नवनिर्मित वडा कार्यालय तथा सामुदायिक भवन उद्घाटन, सेवा प्रवाह प्रभावकारी बनाउन नगर प्रमुख लामाको जोड

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.