प्रतिनिधि सभा निर्वाचन अनुगमनको लागि संयुक्त केन्द्र स्थापना, स्वतन्त्र र निष्पक्ष निर्वाचनको तयारी

काठमाडौँ, माघ ११ गते । यहि आउदो फागुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रभावकारी अनुगमनका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र (JEOC) स्थापना गरेको छ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज आयोगमा सञ्चालन केन्द्रको औपचारिक उद्घाटन गरेका हुन। उद्घाटन कार्यक्रममा आयोगका आयुक्त सगुन शम्शेर ज.व.रा, सचिव कृष्ण बहादुर राउत सहित सरोकारवाला पदाधिकारीहरू पनि उपस्थित थिए।

संयुक्त निर्वाचन सञ्चालन केन्द्र सचिवको संयोजकत्वमा सञ्चालन हुनेछ र यसमा गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायतका सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरू सहभागी हुनेछन्। केन्द्रले जिल्ला तथा प्रदेश निर्वाचन कार्यालयमार्फत सम्प्रेषित सबै गतिविधि, सूचना र समस्या सङ्कलन गरी आयोगमा प्रतिवेदन पेश गर्ने प्रमुख जिम्मेवारी पाउनेछ।

यस केन्द्रले प्रदेशका सुरक्षा निकायसँगको समन्वय मार्फत निर्वाचनसम्बन्धी वस्तुस्थिति मूल्याङ्कन, विश्लेषण र प्रतिवेदन तयार गर्ने, साथै निर्वाचन सुरक्षा सुनिश्चित गर्न समस्याहरूको समाधान र रोकथामका उपायहरू आयोग र सम्बन्धित निकायमा सिफारिस गर्ने काम गर्नेछ। यसरी केन्द्रले निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सञ्चालन गर्ने सुनिश्चितता दिने बताइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

प्रतिनिधि सभा निर्वाचन अनुगमनको लागि संयुक्त केन्द्र स्थापना, स्वतन्त्र र निष्पक्ष निर्वाचनको तयारी

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

प्रतिनिधि सभा निर्वाचन अनुगमनको लागि संयुक्त केन्द्र स्थापना, स्वतन्त्र र निष्पक्ष निर्वाचनको तयारी

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

प्रतिनिधि सभा निर्वाचन अनुगमनको लागि संयुक्त केन्द्र स्थापना, स्वतन्त्र र निष्पक्ष निर्वाचनको तयारी

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

प्रतिनिधि सभा निर्वाचन अनुगमनको लागि संयुक्त केन्द्र स्थापना, स्वतन्त्र र निष्पक्ष निर्वाचनको तयारी

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

प्रतिनिधि सभा निर्वाचन अनुगमनको लागि संयुक्त केन्द्र स्थापना, स्वतन्त्र र निष्पक्ष निर्वाचनको तयारी

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

प्रतिनिधि सभा निर्वाचन अनुगमनको लागि संयुक्त केन्द्र स्थापना, स्वतन्त्र र निष्पक्ष निर्वाचनको तयारी

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.