फास्टफुड राजनीति कि राज्य–निर्माण? बुद्धछिरिङ मोक्तानको गम्भीर प्रश्न

काठमाडौँ, फागुन ४ गते । राजनीतिक विश्लेषक बुद्धछिरिङ मोक्तानले वर्तमान राजनीतिक दलहरूको चुनावी घोषणापत्र र प्रतिवद्धतामाथि गम्भीर प्रश्न उठाएका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको स्टाटसमा उनले राजनीतिक दललाई फास्टफुड स्टलसँग तुलना गर्दै राज्य–निर्माणको मूल प्रश्न ओझेलमा परेको टिप्पणी गरेका हुन्।

मोक्तानले लेखेका छन्—राजनीतिक दल फास्टफुड स्टल होइनन्, जहाँ एक भोटको बदलामा के–के पाइन्छ भन्ने हिसाबले राजनीति गरिन्छ। उनका अनुसार राजनीतिक दलहरूको सबैभन्दा ठूलो दायित्व ‘राजनीति’ र ‘अर्थतन्त्र’को सन्तुलन हो, जसलाई उनले “राजनीतिक–अर्थशास्त्र”को संज्ञा दिएका छन्।

उनले राजनीतिक आधार नै कमजोर भएको अवस्थामा ‘केक, कोक, पिज्जा र बर्गर’ जस्ता लोकप्रिय नाराले अर्थतन्त्र चल्न नसक्ने तर्क गरेका छन्। साथै, “राजनीति ठिक गर्ने जिम्मा TOB समूहको हो?” भन्ने प्रश्न गर्दै उनले राजनीतिक नेतृत्वको भूमिकामाथि व्यंग्य गरेका छन्।

मोक्तानले अन्त्यमा स्पष्ट प्रश्न उठाएका छन्— हामी फास्टफुड स्टलको राजनीति गर्ने कि राज्य–निर्माणको राजनीति? उनका अनुसार यदि राज्यको अस्तित्व नै भूराजनितिक दबाबका कारण कमजोर बन्दै गएको छ भने, सर्वप्रथम त्यसलाई सुदृढ बनाउनु अपरिहार्य छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

फास्टफुड राजनीति कि राज्य–निर्माण? बुद्धछिरिङ मोक्तानको गम्भीर प्रश्न

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

फास्टफुड राजनीति कि राज्य–निर्माण? बुद्धछिरिङ मोक्तानको गम्भीर प्रश्न

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

फास्टफुड राजनीति कि राज्य–निर्माण? बुद्धछिरिङ मोक्तानको गम्भीर प्रश्न

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

फास्टफुड राजनीति कि राज्य–निर्माण? बुद्धछिरिङ मोक्तानको गम्भीर प्रश्न

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

फास्टफुड राजनीति कि राज्य–निर्माण? बुद्धछिरिङ मोक्तानको गम्भीर प्रश्न

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

फास्टफुड राजनीति कि राज्य–निर्माण? बुद्धछिरिङ मोक्तानको गम्भीर प्रश्न

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.