४३८ किलो ४३ ग्राम गाँजा सहित दुई जना पक्राउ

काठमाडौँ, फागुन ६ गते । मकवानपुर प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। हिजो राति करिब १२ः३० बजे प्रहरी चौकी भैसे मकवानपुरबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा भीमफेदी गाउँपालिका–२ चुनिया स्थित त्रिभुवन राजपथ नजिकको भित्री सडक खण्डमा एक बोलेरो गाडी र एक मोटरसाइकललाई रोकी जाँच गरेको थियो।

जाँचका क्रममा लु.१ च. २१५२ नम्बरको बोलेरो गाडी चालक मकवानपुर कैलाश गाउँपालिका–१० निवासी अन्दाजी २७ वर्षका राम बहादुर मोक्तान र बा.प्र.०३–००५ प.४५७६ नम्बरको मोटरसाइकल चालक सोही स्थानका अन्दाजी १९ वर्षका अनिल थिङ शंकास्पद देखिएपछि सवारी साधनसहित खानतलासी गरिएको थियो।

खानतलासीका क्रममा बोलेरो गाडीको पछाडिको ढालाभित्र लुकाई–छिपाई राखिएको अवस्थामा प्रतिबन्धित लागू औषध गाँजा ४३८ किलो ४३ ग्राम फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको लागू औषध र दुवै सवारी साधन नियन्त्रणमा लिई दुवै व्यक्तिलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.