२०८२ फाल्गुन ७, बिहीबार २२:१६
२०८२ फाल्गुन ७, बिहीबार २२:१६
हेटौंडा, फागुन ७ गते । हेटौंडा–१६ मा अवस्थित शिवम सिमेन्ट उद्योगबाट निस्किने धुलो–धुवाँका कारण वडा नं. १६ र १७ का स्थानीय बासिन्दा तथा नजिकैको विद्यालय लामो समयदेखि प्रभावित हुँदै आएका छन्। वातावरणीय र स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गएपछि यस विषयमा सचेत नागरिक अभियान समूह “सेवा, सहयोग र आवाजमा हामी हेटौंडा” ले निरन्तर आवाज उठाउँदै आएको थियो। सोही क्रममा आज बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाको कार्यकक्षमा अभियानकर्मी, स्थानीय जनप्रतिनिधि तथा उद्योग पक्षबीच छलफल सम्पन्न भएको छ। छलफलमा समस्याको गम्भीरता प्रस्तुत गर्दै दीर्घकालीन समाधानका उपायहरूबारे विस्तृत रूपमा चर्चा गरिएको थियो। अभियानका अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले आफू कुनै राजनीतिक उम्मेदवार नभई…