WhatsApp ह्याक गरी ठगी बढ्दै: सतर्क रहन साइबर ब्युरोको आग्रह

काठमाडौं, चैत्र ५ गते । नेपाल प्रहरी साइबर ब्युरोले पछिल्लो समय WhatsApp ह्याक गरी साथीभाइ तथा आफन्तहरूसँग पैसा मागेर ठगी गर्ने घटनामा वृद्धि भएको भन्दै आम नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।

साइबर ब्युरोका अनुसार ह्याकरहरूले प्रयोगकर्ताको WhatsApp नियन्त्रणमा लिएपछि “म समस्या परेँ, तुरुन्त पैसा पठाइदिनुहोस्” वा “बैंक एपमा समस्या आयो, QR कोडमार्फत रकम पठाइदिनुहोस्” भन्ने जस्ता सन्देश पठाएर ठगी गर्ने गरेका छन्।

यस्ता घटनाबाट बच्न ब्युरोले केही महत्वपूर्ण सावधानी अपनाउन आग्रह गरेको छ। शंकास्पद सन्देशहरूमा तत्काल विश्वास नगर्न, सम्बन्धित व्यक्तिलाई सिधै फोन गरेर पुष्टि गर्न, अपरिचित लिंक, कोड वा फाइल क्लिक नगर्न तथा डाउनलोड नगर्न सुझाव दिइएको छ।

त्यस्तै, WhatsApp मा अनिवार्य रूपमा Two-Step Verification प्रयोग गर्न, आफ्नो OTP वा भेरिफिकेसन कोड कसैलाई पनि नदिन र मोबाइल तथा एपहरू नियमित रूपमा अपडेट राख्न पनि आग्रह गरिएको छ।

साथै, अरूको मोबाइलमा WhatsApp प्रयोग गरेपछि अनिवार्य रूपमा लगआउट गर्नुपर्नेमा पनि जोड दिइएको छ।

साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरक्षक दीपकराज अवस्थीले यस्ता ठगीका घटनाहरू बढ्दै गएकोले सचेत रहन सबैमा अनुरोध गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

WhatsApp ह्याक गरी ठगी बढ्दै: सतर्क रहन साइबर ब्युरोको आग्रह

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

WhatsApp ह्याक गरी ठगी बढ्दै: सतर्क रहन साइबर ब्युरोको आग्रह

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

WhatsApp ह्याक गरी ठगी बढ्दै: सतर्क रहन साइबर ब्युरोको आग्रह

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

WhatsApp ह्याक गरी ठगी बढ्दै: सतर्क रहन साइबर ब्युरोको आग्रह

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

WhatsApp ह्याक गरी ठगी बढ्दै: सतर्क रहन साइबर ब्युरोको आग्रह

मनहरीमा RHEST का शैक्षिक तथा स्वास्थ्य कार्यक्रमको समीक्षा, बालिका शिक्षामा निरन्तर सहयोगको प्रतिबद्धता

WhatsApp ह्याक गरी ठगी बढ्दै: सतर्क रहन साइबर ब्युरोको आग्रह

हेटौंडाको थानाभर्‍याङमा स्कुटर दुर्घटना : २१ वर्षीय चालकको उपचारका क्रममा मृत्यु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.