मकवानपुरमा १७१ किलोभन्दा बढी गाँजासहित २० वर्षीय युवक पक्राउ

मनहरी, चैत १० गते । मकवानपुरको मनहरी गाउँपालिकाबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले १७१ किलो २१ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार बिहान करिब ६:१० बजे मनहरी गाउँपालिका वडा नं. ९ क्षेत्रमा आउँदै गरेको बा.१३ च २१४ नम्बरको हात्ती गाडीलाई शंकाको आधारमा रोकि जाँच गरिएको थियो। जाँचका क्रममा गाडीको पछाडि लोड गरी ल्याइएको अवस्थामा उक्त परिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ।

गाँजासहित पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालिका वडा नं. ४ निवासी २० वर्षीय अक्कल प्रसाद स्याङतान रहेका छन्। प्रहरीले गाँजा र गाडी दुवैलाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेका स्याङतानलाई मकवानपुर जिल्ला अदालत हेटौडाबाट लागूऔषध सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मकवानपुरमा १७१ किलोभन्दा बढी गाँजासहित २० वर्षीय युवक पक्राउ

हेटौंडामा गृहिणी महिला सशक्तीकरण कार्यक्रम : उद्यमशीलता र बाख्रापालन तालिममार्फत आयआर्जनतर्फ महिलाको आकर्षण

मकवानपुरमा १७१ किलोभन्दा बढी गाँजासहित २० वर्षीय युवक पक्राउ

हेटौंडामा निःशुल्क बारिस्टा तालिम सम्पन्न : युवालाई स्वदेशमै स्वरोजगारतर्फ प्रेरित गर्दै उपमहानगर

मकवानपुरमा १७१ किलोभन्दा बढी गाँजासहित २० वर्षीय युवक पक्राउ

“सहयोगको अपिल होइन, राज्यको उत्तरदायित्व चाहिन्छ” — सामाजिक अभियन्ता विशालराज महत

मकवानपुरमा १७१ किलोभन्दा बढी गाँजासहित २० वर्षीय युवक पक्राउ

प्रेस काउन्सिलको चेतावनी : आचारसंहिता विपरीत गतिविधि नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह

मकवानपुरमा १७१ किलोभन्दा बढी गाँजासहित २० वर्षीय युवक पक्राउ

बस्तिपुर जेसिज मनहरीद्वारा निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि खगेन्द्र भण्डारीलाई स्वागत तथा सम्मान

मकवानपुरमा १७१ किलोभन्दा बढी गाँजासहित २० वर्षीय युवक पक्राउ

इन्द्रसरोवरमा मोटरसाइकल दुर्घटना : सडकबाट ४५ मिटर तल खस्दा चालक सामान्य घाइते

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.