चुनौतीबीच एमाले एकताबद्ध हुनुपर्ने रानाको आह्वान, भ्रम चिर्न कार्यकर्तालाई निर्देशन

हेटौँडा, चैत १० गते । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाले पार्टीभित्र एकता मजबुत बनाउँदै सबै चुनौतीहरूको सामना गर्नुपर्ने बताएका छन्।

नेकपा एमाले बागमती गाउँपालिकाको समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले एमाले विरुद्ध योजनाबद्ध रूपमा भ्रम सिर्जना गर्न अन्तर्राष्ट्रिय शक्तिहरू समेत सक्रिय रहेको आरोप लगाए। राष्ट्रिय स्वाभिमान, लोकतन्त्र र विकास–समृद्धिको पक्षमा दृढतापूर्वक उभिएको एमालेलाई कमजोर बनाउने प्रयास भइरहेको उनले बताए।

निर्वाचन परिणाम अपेक्षाअनुसार नआए पनि पार्टीप्रति प्रतिबद्ध भएर सक्रिय रूपमा खटिएका नेता तथा कार्यकर्तालाई धन्यवाद दिँदै रानाले अब झन् दृढ भएर देश, जनता र पार्टीको हितमा लागिरहन आग्रह गरे।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलन नै अहिले चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको बताए। उनले परिवर्तनकारी आन्दोलनमा निरन्तर भूमिका खेलेको एमाले र यसको नेतृत्वमाथि विभिन्न किसिमका आक्रमण भइरहेको उल्लेख गरे।

सिग्देलले राष्ट्रिय स्वाभिमान, लोकतन्त्रको सुदृढीकरण र विकास–समृद्धिको पक्षमा एमाले अझ मजबुत भएर उभिनुपर्ने बताउँदै जनतामाझ फैलाइएका भ्रमहरूलाई चिर्न कार्यकर्ताहरू सक्रिय हुनुपर्नेमा जोड दिए।

बैठकमा प्रदेश कमिटी सदस्य छिरिङ दोर्जे पाख्रिन, जिल्ला सचिव सीता विष्टलगायत नेताहरूले निर्वाचनको समिक्षात्मक धारणा राखेका थिए।

पालिका कमिटी अध्यक्ष नरबहादुर घलानको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा जिल्ला कमिटी उपसचिव आरती पाठक, जिल्ला सचिवालय सदस्य जयबहादुर वाईवालगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा पालिकाभित्रका ९ वटै वडाका प्रतिनिधिहरूले निर्वाचन सम्बन्धी समिक्षात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

चुनौतीबीच एमाले एकताबद्ध हुनुपर्ने रानाको आह्वान, भ्रम चिर्न कार्यकर्तालाई निर्देशन

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

चुनौतीबीच एमाले एकताबद्ध हुनुपर्ने रानाको आह्वान, भ्रम चिर्न कार्यकर्तालाई निर्देशन

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

चुनौतीबीच एमाले एकताबद्ध हुनुपर्ने रानाको आह्वान, भ्रम चिर्न कार्यकर्तालाई निर्देशन

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

चुनौतीबीच एमाले एकताबद्ध हुनुपर्ने रानाको आह्वान, भ्रम चिर्न कार्यकर्तालाई निर्देशन

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

चुनौतीबीच एमाले एकताबद्ध हुनुपर्ने रानाको आह्वान, भ्रम चिर्न कार्यकर्तालाई निर्देशन

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

चुनौतीबीच एमाले एकताबद्ध हुनुपर्ने रानाको आह्वान, भ्रम चिर्न कार्यकर्तालाई निर्देशन

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.