मनहरी क्षेत्रका विभिन्न स्थानमा आज ६ घण्टा विद्युत अवरुद्ध

मनहरी, चैत ११ गते । मकवानपुरको मनहरी गाउँपालिका अन्तर्गत विभिन्न स्थानहरूमा आज विद्युत सेवा अवरुद्ध हुने भएको छ। डि.ओ. सेट बदली तथा एच.टी. ब्रान्च स्वीच बदली गर्ने कार्यका कारण विद्युत आपूर्ति केही समयका लागि बन्द गर्न लागिएको हो।

मनहरी सब-स्टेसनबाट वितरण हुने ११ के.भि. मनहरी, रजैया र राक्सिराङ फिडर अन्तर्गतका सम्पूर्ण लाइनहरू आज बिहान ११:०० बजेदेखि बेलुका ५:०० बजेसम्म अवरुद्ध रहने जनाइएको छ।

विद्युत अवरुद्ध हुने क्षेत्रहरूमा सुनाचुरी, नयाँबस्ती, प्रतापपुर, रमनटार, मनहरी बजार तथा राक्सिराङ गाउँपालिका अन्तर्गतका सम्पूर्ण स्थानहरू पर्दछन्। साथै सिमपानी, ज्यामिरे, जैसिङ हुँदै दिल्लिपुर र बसन्तपुर लगायतका क्षेत्रमा पनि विद्युत सेवा प्रभावित हुने बताइएको छ।

सम्बन्धित निकायका अनुसार निर्धारित समयभन्दा अगाडि नै मर्मत कार्य सम्पन्न भएमा विद्युत सेवा चाँडै सञ्चालन गरिनेछ। यस अवधिमा हुन सक्ने असुविधाका लागि सेवाग्राहीसँग क्षमायाचना गर्दै आवश्यक तयारी गर्न आग्रह गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मनहरी क्षेत्रका विभिन्न स्थानमा आज ६ घण्टा विद्युत अवरुद्ध

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

मनहरी क्षेत्रका विभिन्न स्थानमा आज ६ घण्टा विद्युत अवरुद्ध

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

मनहरी क्षेत्रका विभिन्न स्थानमा आज ६ घण्टा विद्युत अवरुद्ध

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

मनहरी क्षेत्रका विभिन्न स्थानमा आज ६ घण्टा विद्युत अवरुद्ध

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

मनहरी क्षेत्रका विभिन्न स्थानमा आज ६ घण्टा विद्युत अवरुद्ध

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

मनहरी क्षेत्रका विभिन्न स्थानमा आज ६ घण्टा विद्युत अवरुद्ध

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.