नव नियुक्त नेतृत्वलाई श्रम संस्कृति पार्टीको समर्थन: भ्रस्टाचार विरुद्ध कडा कदम चाल्न सुन्दर लामाको आग्रह

हेटौँडा, चैत १३ गते । श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य सुन्दर लामाले नव नियुक्त प्रधानमन्त्री र गृह मन्त्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। उनले आफ्नो फेसबुक वालमार्फत देशको नेतृत्व सम्हालेका नयाँ टोलीले नेपाली जनताको हितमा प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरेका हुन्।

लामाले आफ्नो पोस्टमा नव नियुक्त प्रधानमन्त्री बालेन साह र गृह मन्त्री सुधन गुरुङ्गलाई लक्षित गर्दै लेखेका छन् कि देश अहिले परिवर्तनको महत्वपूर्ण मोडमा रहेको छ र यस्तो अवस्थामा जनताको अपेक्षा पूरा गर्ने जिम्मेवारी सरकारको काँधमा रहेको छ।

उनले विशेष गरी “जेन्जीको मुद्दा” लाई संस्थागत गर्नुपर्ने, युवा पुस्ताका आवाजलाई नीति निर्माणमा समेट्नुपर्ने र देशमा व्याप्त भ्रस्टाचार विरुद्ध तत्काल कडा कदम चाल्नुपर्ने आवश्यकता औंल्याएका छन्।

“भ्रस्टाचार विरुद्ध कडा एक्सन लिनु अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो,” उनले उल्लेख गरेका छन्।

लामाले आफ्नो व्यक्तिगत तथा आफ्नो पार्टीको तर्फबाट सरकारका सकारात्मक कार्यहरूमा सधैं साथ र समर्थन रहने स्पष्ट पारेका छन्। साथै उनले “जय माटो, जय देश” भन्ने नारासहित देशप्रेम र राष्ट्रिय एकताको सन्देश पनि दिएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

नव नियुक्त नेतृत्वलाई श्रम संस्कृति पार्टीको समर्थन: भ्रस्टाचार विरुद्ध कडा कदम चाल्न सुन्दर लामाको आग्रह

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

नव नियुक्त नेतृत्वलाई श्रम संस्कृति पार्टीको समर्थन: भ्रस्टाचार विरुद्ध कडा कदम चाल्न सुन्दर लामाको आग्रह

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

नव नियुक्त नेतृत्वलाई श्रम संस्कृति पार्टीको समर्थन: भ्रस्टाचार विरुद्ध कडा कदम चाल्न सुन्दर लामाको आग्रह

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

नव नियुक्त नेतृत्वलाई श्रम संस्कृति पार्टीको समर्थन: भ्रस्टाचार विरुद्ध कडा कदम चाल्न सुन्दर लामाको आग्रह

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

नव नियुक्त नेतृत्वलाई श्रम संस्कृति पार्टीको समर्थन: भ्रस्टाचार विरुद्ध कडा कदम चाल्न सुन्दर लामाको आग्रह

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

नव नियुक्त नेतृत्वलाई श्रम संस्कृति पार्टीको समर्थन: भ्रस्टाचार विरुद्ध कडा कदम चाल्न सुन्दर लामाको आग्रह

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.