फाखेल, चैत १९ गते । सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ००१ ज १२५४ नम्बरको इभी गाडी हेटौडा–फाखेल–काठमाडौँ सडकखण्डअन्तर्गत स्याउली बजारमा दुर्घटनामा परेको छ।
प्राप्त जानकारी अनुसार उक्त गाडी अनियन्त्रित भई सडक किनारमा दुर्घटना भएको हो। दुर्घटनाबाट कुनै पनि मानवीय वा ठूलो भौतिक क्षति नभएको जनाइएको छ।
फाखेल प्रहरी चौकीका अनुसार दुर्घटनामा गाडी चालक सामान्य घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको र थप उपचार तथा निगरानीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिकृया दिनुहोस्
Post Views: 114














