मकवानपुरमा ७ हजारभन्दा बढी विद्यार्थी सहभागी: एसईई परीक्षा सुरु, पहिलो दिन अंग्रेजी सम्पन्न

हेटौंडा, चैत १९ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर सुरु भएको छ। पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

परीक्षा तालिकाअनुसार चैत २० गते अनिवार्य नेपाली विषय तथा गैरनेपाली विद्यार्थीहरूका लागि ऐच्छिक अंग्रेजी (इलेक्टिभ इङलिस) को परीक्षा सञ्चालन हुनेछ। त्यस्तै चैत २२ गते अनिवार्य गणित, चैत २३ गते अनिवार्य विज्ञान तथा प्रविधि र संस्कृततर्फ शुक्लयजुर्वेद, सामवेद, अथर्ववेद, नीतिशास्त्र लगायत विषयहरूको परीक्षा हुनेछ।

यसैगरी चैत २४ गते अनिवार्य सामाजिक, चैत २५ गते ऐच्छिक प्रथम र चैत २६ गते ऐच्छिक द्वितीय विषयको परीक्षा सञ्चालन गरिनेछ।

यस वर्ष मकवानपुर जिल्लाबाट ७ हजार १९२ जना परीक्षार्थी एसईई परीक्षामा सहभागी भएका छन्। जिल्ला भरका १०५ वटा सामुदायिक तथा ३७ वटा संस्थागत विद्यालयका विद्यार्थीहरू परीक्षामा सहभागी भएका हुन्।

गत वर्षको तुलनामा यस वर्ष परीक्षार्थी संख्या घटेको देखिएको छ। अघिल्लो वर्ष मकवानपुरबाट ७ हजार ४५६ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मकवानपुरमा ७ हजारभन्दा बढी विद्यार्थी सहभागी: एसईई परीक्षा सुरु, पहिलो दिन अंग्रेजी सम्पन्न

मेची–महाकाली साइकल यात्रामा सफलता पाउने टोलीलाई हेटौडामा सम्मान

मकवानपुरमा ७ हजारभन्दा बढी विद्यार्थी सहभागी: एसईई परीक्षा सुरु, पहिलो दिन अंग्रेजी सम्पन्न

अब राहदानी घरमै: हेटौडामा हुलाकमार्फत ‘डोर–टु–डोर’ सेवा सुरु

मकवानपुरमा ७ हजारभन्दा बढी विद्यार्थी सहभागी: एसईई परीक्षा सुरु, पहिलो दिन अंग्रेजी सम्पन्न

हेटौंडा आन्तरिक राजस्व कार्यालय र बागमती गाउँपालिका बीच सम्झौता, स्थानीय तहबाटै प्यान सेवा र राजस्व सङ्कलन प्रभावकारी बनाइने

मकवानपुरमा ७ हजारभन्दा बढी विद्यार्थी सहभागी: एसईई परीक्षा सुरु, पहिलो दिन अंग्रेजी सम्पन्न

बकैया गाउँपालिका–४ मा सडक निर्माणका लागि जुरेली–सिमात खण्ड अनिश्चितकालका लागि बन्द

मकवानपुरमा ७ हजारभन्दा बढी विद्यार्थी सहभागी: एसईई परीक्षा सुरु, पहिलो दिन अंग्रेजी सम्पन्न

सम्पत्ति विवरणमा पारदर्शिता माग्दै सुन्दर लामाको टिप्पणी : “सरकारका राम्रा काममा समर्थन, तर शंका लागेका विषयमा खबरदारी जारी”

मकवानपुरमा ७ हजारभन्दा बढी विद्यार्थी सहभागी: एसईई परीक्षा सुरु, पहिलो दिन अंग्रेजी सम्पन्न

राईटोलमा नवनिर्मित वडा कार्यालय तथा सामुदायिक भवन उद्घाटन, सेवा प्रवाह प्रभावकारी बनाउन नगर प्रमुख लामाको जोड

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.