शेर बहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भएको दाबी, सरकारी स्रोत मौन

काठमाडौँ,चैत २५ गते । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्व परराष्ट्रमन्त्री आर्जु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको दाबी सार्वजनिक भएको छ।

गृह मन्त्रालय निकट स्रोतलाई उद्धृत गर्दै केही अनौपचारिक जानकारीहरूमा देउवा दम्पतीमाथि यस्तो पुर्जी जारी भएको उल्लेख गरिए पनि यसबारे आधिकारिक पुष्टि भने भइसकेको छैन।

उक्त दाबी गत भदौ २४ गते बुढानिलकण्ठस्थित देउवा निवासमा भएको आगजनी घटनासँग जोडिएको बताइएको छ। सो घटनाका क्रममा आन्दोलनबीच आगजनी हुँदा घरको केही भागमा क्षति पुगेको थियो। त्यसबेला घटनास्थलसँग सम्बन्धित भनी केही भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए, जसमा नगद रकमसमेत देखिएको दाबी गरिएको थियो।

उक्त घटनाको सत्यतथ्य छानबिनका लागि हाल सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी कोणबाट अनुसन्धान अघि बढाएको बताइन्छ। तर, यस विषयमा सम्बन्धित निकायहरूले औपचारिक धारणा सार्वजनिक गरिसकेका छैनन्।

हाल देउवा दम्पती स्वास्थ्य उपचारका लागि हङकङमा रहेको बताइएको छ।

यस विषयमा आधिकारिक पुष्टि तथा स्पष्ट विवरण आउन बाँकी रहेकोले तथ्य पुष्टि नहुँदासम्म सावधानीपूर्वक बुझ्न आवश्यक देखिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

शेर बहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भएको दाबी, सरकारी स्रोत मौन

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

शेर बहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भएको दाबी, सरकारी स्रोत मौन

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

शेर बहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भएको दाबी, सरकारी स्रोत मौन

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

शेर बहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भएको दाबी, सरकारी स्रोत मौन

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

शेर बहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भएको दाबी, सरकारी स्रोत मौन

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

शेर बहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भएको दाबी, सरकारी स्रोत मौन

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.