सम्पत्ति शुद्धिकरण अनुसन्धानबारे शेरबहादुर देउवाको प्रतिक्रिया: ‘भ्रामक प्रचारबाट भ्रमित नहुन आग्रह’

काठमाडौँ,चैत २५ गते । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारमाथि सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान सुरु गरिएको विषयमा सार्वजनिक प्रतिक्रिया जनाएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै सञ्चारमाध्यममा आएका केही विवरण भ्रामक र झुटा रहेको दाबी गरेका हुन्।

देउवाले आफ्नो वक्तव्यमा आफू र आफ्नो परिवारको सम्पत्ति सम्बन्धी विषयमा फैलाइएको प्रचार बाजी सत्य नभएको उल्लेख गरेका छन्। उनले नेपालको प्रचलित कानुनअनुसार सार्वजनिक पदमा रहँदा सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरिएको स्पष्ट पारे।

उनले आफ्नो राजनीतिक जीवन लोकतान्त्रिक शासन व्यवस्था, विधिको शासन, स्वतन्त्र न्यायपालिका तथा पारदर्शिताको पक्षमा समर्पित रहेको उल्लेख गर्दै राज्यका सबै अंग स्वतन्त्र र सक्षम हुनुपर्ने मान्यता आफूले सधैं बोकेको बताए। साथै, आफ्नो जीवनलाई ‘खुला पुस्तक’ का रूपमा चित्रण गर्दै समयक्रमसँगै वास्तविकता स्पष्ट हुँदै जाने विश्वास व्यक्त गरे।

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा आफ्नो योगदान स्मरण गराउँदै देउवाले आफू गृहमन्त्री हुँदा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र प्रधानमन्त्री हुँदा २०५९ सालमा भ्रष्टाचार निवारण ऐन लागू भएको विषय सर्वविदित रहेको बताए।

त्यस्तै, उनले हाल स्वास्थ्य उपचारका लागि विदेशमा रहेको र उपचारको प्रक्रिया जारी रहेको जानकारी पनि दिएका छन्। अन्त्यमा उनले अतिरञ्जित र अपुष्ट विवरणका आधारमा भ्रमित नहुन सबैमा आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

सम्पत्ति शुद्धिकरण अनुसन्धानबारे शेरबहादुर देउवाको प्रतिक्रिया: ‘भ्रामक प्रचारबाट भ्रमित नहुन आग्रह’

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

सम्पत्ति शुद्धिकरण अनुसन्धानबारे शेरबहादुर देउवाको प्रतिक्रिया: ‘भ्रामक प्रचारबाट भ्रमित नहुन आग्रह’

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

सम्पत्ति शुद्धिकरण अनुसन्धानबारे शेरबहादुर देउवाको प्रतिक्रिया: ‘भ्रामक प्रचारबाट भ्रमित नहुन आग्रह’

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

सम्पत्ति शुद्धिकरण अनुसन्धानबारे शेरबहादुर देउवाको प्रतिक्रिया: ‘भ्रामक प्रचारबाट भ्रमित नहुन आग्रह’

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

सम्पत्ति शुद्धिकरण अनुसन्धानबारे शेरबहादुर देउवाको प्रतिक्रिया: ‘भ्रामक प्रचारबाट भ्रमित नहुन आग्रह’

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

सम्पत्ति शुद्धिकरण अनुसन्धानबारे शेरबहादुर देउवाको प्रतिक्रिया: ‘भ्रामक प्रचारबाट भ्रमित नहुन आग्रह’

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.