तुइनखोलाको पहिरो समस्या समाधान गर्न गृहमन्त्री गुरुङको निर्देशन, घोप्टेभीरको समेत स्थलगत अवलोकन

चितवन,चैत २८ गते । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित तुइनखोला क्षेत्रको पहिरो प्रभावित सडक खण्डको स्थलगत अवलोकन गरेका छन्। हरेक वर्ष मनसुनको समयमा तुइनखोलासँगै रहेको भिरबाट पहिरो खस्दा यात्रुहरू घाइते हुने तथा घण्टौंसम्म यातायात अवरुद्ध हुने समस्या रहेको भन्दै स्थानीयवासीले गुनासो गरेका थिए।

स्थानीयको गुनासो सुनेपछि गृहमन्त्री गुरुङले तत्काल समस्या समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। उनले सडक विभागका अधिकारी तथा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई बर्खा सुरु हुनुअघि नै जोखिमपूर्ण पहिरो विस्थापन गर्न आवश्यक पहल गर्न निर्देशन दिएका हुन्।

गृहमन्त्री गुरुङले समयमै आवश्यक कदम चाल्न नसके जनधनको ठूलो क्षति हुन सक्ने भन्दै जिम्मेवार निकायलाई गम्भीर बन्न आग्रह गरेका छन्।

यसै क्रममा उनले आजै चितवनकै घोप्टेभीर क्षेत्रको समेत अवलोकन गरेका छन्। सो क्षेत्रमा पनि पहिरोको जोखिम उच्च रहेको बताइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

तुइनखोलाको पहिरो समस्या समाधान गर्न गृहमन्त्री गुरुङको निर्देशन, घोप्टेभीरको समेत स्थलगत अवलोकन

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

तुइनखोलाको पहिरो समस्या समाधान गर्न गृहमन्त्री गुरुङको निर्देशन, घोप्टेभीरको समेत स्थलगत अवलोकन

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

तुइनखोलाको पहिरो समस्या समाधान गर्न गृहमन्त्री गुरुङको निर्देशन, घोप्टेभीरको समेत स्थलगत अवलोकन

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

तुइनखोलाको पहिरो समस्या समाधान गर्न गृहमन्त्री गुरुङको निर्देशन, घोप्टेभीरको समेत स्थलगत अवलोकन

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

तुइनखोलाको पहिरो समस्या समाधान गर्न गृहमन्त्री गुरुङको निर्देशन, घोप्टेभीरको समेत स्थलगत अवलोकन

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

तुइनखोलाको पहिरो समस्या समाधान गर्न गृहमन्त्री गुरुङको निर्देशन, घोप्टेभीरको समेत स्थलगत अवलोकन

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.