हावाहुरी र वर्षाले चितवनमा रुख ढलेर सडक अवरुद्ध, प्रहरीको सक्रियतामा आवागमन पुनः सञ्चालन

चितवन,बैशाख २१ गते । आज दिउँसो करिब १४:२० बजेदेखि आएको हावाहुरीसहितको वर्षाका कारण चितवन जिल्लाका विभिन्न स्थानमा रुख ढलेर सडक अवरुद्ध भएको छ। विशेषगरी भरतपुर महानगरपालिका वडा नं. ०९ गोन्द्राङ र वडा नं. ०१ देवघाट लगायतका क्षेत्रमा सडकमा रुख ढल्दा सवारी आवागमन प्रभावित बनेको थियो।

घटनापछि जिल्ला प्रहरी कार्यालय चितवन तथा मातहतका प्रहरी इकाइहरूबाट खटिएको टोलीले तत्काल उद्धार तथा व्यवस्थापन कार्य अघि बढाएको थियो। सम्बन्धित निकायहरूसँग समन्वय गर्दै अवरुद्ध सडकहरू हटाई आवागमन पुनः सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

हाल पनि हावाहुरी र वर्षाको क्रम जारी रहेकोले विशेषगरी जंगल क्षेत्र हुँदै यात्रा गर्ने सवारी चालक तथा यात्रुहरूलाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ। यात्रा अघि सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न र आवश्यक सावधानी अपनाउन जिल्ला प्रहरी कार्यालय चितवनले अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.