२०८२ असार २१, शनिबार २३:०३
२०८२ असार २१, शनिबार २३:०३
हेटौंडा। डाङ्डुङ्गे सामुदायिक वन उपभोक्ता समुहको हाताभित्र जडान गरिएको पत्कर धुलो बनाउने मेसिनको उद्धाटन गरिएको छ । पत्कर धुलो बनाउने र कुहिएको पत्करलाइ धुलो बनाएर मल बनाउने मेसिन को उद्घाटन बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले गरेका हुन् । मेसिन उद्धागाटन कार्यक्रममा बोल्दै उनले मेसिन बाट उत्पादन भएको धुलो पत्कर कुखुरालाई ओछ्याउन काम लाग्ने र कुखुराको सुली मिसिएको धुलोले राम्रो मलको रुप लिने र त्यसबाट पनि आयाअर्जनको लागि बाटो खुल्ने बताए । आफ्नो कार्यकालमा वन समिति , उपभोक्ताहरुको हितमा नयाँ नीति लागुगर्न छलफल भैरहेको मन्त्री सिलवालले जानकारी दिए । डाङ्डुङ्गे सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष शालिकराम पुडासैनीको सभाध्यक्षतामा…