२०८२ भाद्र २२, आईतवार २३:२६
२०८२ भाद्र २२, आईतवार २३:२६
काठमाडौं, भदौ २२ गते । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी भोलि हुन लागेको जेन जेड पुस्ताको स्वतस्फूर्त र्यालीलाई आफ्नो समर्थन जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै यो आन्दोलन कुनै पार्टी, सांसद वा स्वार्थी समूहले कब्जा नगर्न आफ्नो भनाइ राखेका छन्। शाहले भनेका छन्, “भोलिको र्याली स्पष्ट स्वतस्फूर्त रूपमा जेन जेडको हो। उहाँहरू २८ वर्षमुनि हुनुहुन्छ, जसका लागि म पनि अझै बुढो देखिन्छु। म उमेर हदबन्दीका कारण जान मिल्दैन तर उहाँहरूको सोच, उद्देश्य बुझ्न चाहन्छु।” उनले युवापुस्ताको मागलाई गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता औंल्याउँदै भने, “प्रिय जेन जेड, भन्नुस् तपाईंहरूले कस्तो देश देख्न चाहनुहुन्छ? म तपाईंहरूको पक्षमा छु।” भोलिको…