२०८२ मंसिर ७, आईतवार १३:१५
२०८२ मंसिर ७, आईतवार १३:१५
हेटौंडा, मंसिर ७ गते । हेटौंडाका सामाजिक अभियान्ता विशालराज महतले हेटौंडाको २५ मिटर सडक बिस्तार विवादमा प्रशासन र राजनीतिक नेतृत्वको दोहोरो भूमिकाका कारण समस्या झनै जटिल बन्दै गएको आरोप लगाएका छन्। डिभिजन सडक कार्यालयले पाँचौँ पटक १५ दिने सूचना जारी गरे पनि दशकौँदेखि विवाद समाधान हुन नसक्नु राज्यको राजनीतिक अस्पष्टता र जिम्मेवारीको अभावकै परिणाम भएको उनको टिप्पणी छ। महतका अनुसार बारम्बार जारी हुने सूचनाले स्थानीय घरधनी र व्यवसायीहरूमा त्रास, अन्योल र असुरक्षा बढाइरहेको छ। उनले राजनीतिक दलहरू जनताका पक्षमा उभिनुको सट्टा कहिले १६ मिटर, कहिले बाइपास भन्दै दोहोरो भूमिका खेल्दै नागरिकलाई झुक्काउने काम मात्रै गरेको आरोप लगाए। उनका अनुसार सुरु…