२०८२ फाल्गुन २०, बुधबार २२:५३
२०८२ फाल्गुन २०, बुधबार २२:५३
काठमाडौँ, फागुन २० गते । राजनीति र राजनैतिक संस्कार फरक कुरा भएको सन्देश पछिल्लो छ महिनामा स्पष्ट रूपमा देखिएको छ। देशले अभूतपूर्व राजनीतिक, सामाजिक र सुरक्षा संकट झेलिरहेको बेला गृहमन्त्री ओम प्रकाश अर्यालको संयमित, कानुन सम्मत र दूरदर्शी नेतृत्वले देशलाई गम्भीर दुर्घटनाबाट जोगाउन सफल भएको विश्लेषण गरिएको छ। छ महिनाअघि देशभर विद्रोह, ध्वंश, आक्रोश र अराजकताले शान्तिसुरक्षा लगभग शून्य अवस्थामा पुगेको थियो। प्रहरी संरचना ध्वस्त, मनोबल कमजोर, सरकारी कार्यालय खरानी, न कागजात न डेटा—देश दिशाहीन अवस्थामा थियो। यस्तो कठिन परिस्थितिमा समयमै निर्वाचन सम्पन्न हुन्छ भन्ने विश्वास कमैलाई थियो। तर सीमित स्रोत, असीमित अपेक्षा र तीव्र दबाबका बीच पनि गृहमन्त्री अर्यालले…