राजनैतिक संस्कारले संकट मोडियो : गृहमन्त्री ओम प्रकाश अर्यालको नेतृत्वमा छ महिनामै देश स्थायित्वतर्फ

काठमाडौँ, फागुन २० गते । राजनीति र राजनैतिक संस्कार फरक कुरा भएको सन्देश पछिल्लो छ महिनामा स्पष्ट रूपमा देखिएको छ। देशले अभूतपूर्व राजनीतिक, सामाजिक र सुरक्षा संकट झेलिरहेको बेला गृहमन्त्री ओम प्रकाश अर्यालको संयमित, कानुन सम्मत र दूरदर्शी नेतृत्वले देशलाई गम्भीर दुर्घटनाबाट जोगाउन सफल भएको विश्लेषण गरिएको छ।

छ महिनाअघि देशभर विद्रोह, ध्वंश, आक्रोश र अराजकताले शान्तिसुरक्षा लगभग शून्य अवस्थामा पुगेको थियो। प्रहरी संरचना ध्वस्त, मनोबल कमजोर, सरकारी कार्यालय खरानी, न कागजात न डेटा—देश दिशाहीन अवस्थामा थियो। यस्तो कठिन परिस्थितिमा समयमै निर्वाचन सम्पन्न हुन्छ भन्ने विश्वास कमैलाई थियो।

तर सीमित स्रोत, असीमित अपेक्षा र तीव्र दबाबका बीच पनि गृहमन्त्री अर्यालले न हिरोगिरी देखाए, न तुष्टीकरणको बाटो रोजे। अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कानुनको सम्मान गर्दै, प्रधानमन्त्री सुशीला कार्कीलाई अन्तिम सम्म साथ दिँदै तोकिएकै समयमा निर्वाचन तर्फ देशलाई डोर्‍याउन उनी सफल भए।

आज जनजीवन क्रमशः सामान्य तर्फ फर्कँदै छ। शान्तिसुरक्षा र प्रहरी मनोबलमा उल्लेख्य सुधार आएको छ। सबै संरचना पूर्ण रूपमा उभिन नसके पनि आम नागरिकको आत्मबल र आशा पुनःस्थापित भएको छ। संकट व्यवस्थापनमा देखिएको यो अभ्यास धेरै देशका लागि उदाहरणीय बन्न सक्ने विश्लेषकहरूको भनाइ छ।

राजनीतिक पदबाट अलग भएर पुरानै पेशामा फर्किने अर्यालको निर्णयले राजनीतिक संस्कारको अर्को उदाहरण प्रस्तुत गरेको छ। आगामी सरकारले उनलाई सल्लाहकारका रूपमा उपयोग गरे थप लाभदायक हुने अपेक्षा पनि व्यक्त गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

राजनैतिक संस्कारले संकट मोडियो : गृहमन्त्री ओम प्रकाश अर्यालको नेतृत्वमा छ महिनामै देश स्थायित्वतर्फ

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

राजनैतिक संस्कारले संकट मोडियो : गृहमन्त्री ओम प्रकाश अर्यालको नेतृत्वमा छ महिनामै देश स्थायित्वतर्फ

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

राजनैतिक संस्कारले संकट मोडियो : गृहमन्त्री ओम प्रकाश अर्यालको नेतृत्वमा छ महिनामै देश स्थायित्वतर्फ

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

राजनैतिक संस्कारले संकट मोडियो : गृहमन्त्री ओम प्रकाश अर्यालको नेतृत्वमा छ महिनामै देश स्थायित्वतर्फ

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

राजनैतिक संस्कारले संकट मोडियो : गृहमन्त्री ओम प्रकाश अर्यालको नेतृत्वमा छ महिनामै देश स्थायित्वतर्फ

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

राजनैतिक संस्कारले संकट मोडियो : गृहमन्त्री ओम प्रकाश अर्यालको नेतृत्वमा छ महिनामै देश स्थायित्वतर्फ

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.