Day: २०८२ फाल्गुन २५, सोमबार २२:५५

मोक्तान समाज नेपालद्वारा हेटौंडामा मोक्तान परिवारको सामूहिक कुल पूजा सम्पन्न

मोक्तान समाज नेपालद्वारा हेटौंडामा मोक्तान परिवारको सामूहिक कुल पूजा सम्पन्न

हेटौंडा, फागुन २५ गते । मोक्तान समाज नेपालद्वारा आयोजित मोक्तान परिवारको सामूहिक कुल पूजा कार्यक्रम एक दिने पूजापाठका साथ हेटौंडामा सम्पन्न भएको छ। कार्यक्रममा मकवानपुरका विभिन्न स्थानबाट निमन्त्रणा स्वीकार गरी सहभागी भएका मोक्तान दाजुभाइहरूको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ। पूजापाठ तथा धार्मिक विधिअनुसार सम्पन्न कार्यक्रममा सहभागी सम्पूर्ण मोक्तान परिवारप्रति आयोजकले हार्दिक नमन व्यक्त गर्दै पारिवारिक सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेको छ। कार्यक्रममा बोल्दै मोक्तान समाज नेपालका अध्यक्ष जीवन मान मोक्तान तामाङले धर्म, संस्कार, संस्कृति र पहिचानले नै समुदायको मौलिक चिनारी जोगाइराख्ने बताए। उनले यस्ता कार्यक्रमले समुदायबीच एकता, आपसी सम्बन्ध तथा सांस्कृतिक परम्पराको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास…
Read More
गोरखा–१ मा रास्वपाका सुधन गुरुङको फराकिलो अग्रता, गोरखा–२ मा कवीन्द्र बुर्लाकोटी विजयी

गोरखा–१ मा रास्वपाका सुधन गुरुङको फराकिलो अग्रता, गोरखा–२ मा कवीन्द्र बुर्लाकोटी विजयी

गोरखा, फागुन २५ गते । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत गोरखा–१ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुधन गुरुङ फराकिलो मतान्तरसहित अग्रस्थानमा देखिएका छन्। हालसम्मको मतगणना अनुसार गुरुङले २४ हजार ५१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले १३ हजार ५११ मत ल्याएका छन्। त्यस्तै नेकपाका हरिराज अधिकारीले १० हजार २३१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका राम चन्द्र लामिछानेले तीन हजार ८० मत पाएका छन्। गोरखा–१ मा मतगणना जारी रहँदा गुरुङले उल्लेख्य मतान्तर कायम गर्दै अग्रता लिइरहेका छन्। यसैबीच, गोरखा–२ मा भने राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्रीसमेत रहेका कवीन्द्र बुर्लाकोटी हिजै सम्पन्न मतगणनाबाट फराकिलो…
Read More
निर्वाचन परिणामको प्रभाव: नेप्सेमा उछाल, कारोबार सुरु भएको १ मिनेटमै सर्किट ब्रेक

निर्वाचन परिणामको प्रभाव: नेप्सेमा उछाल, कारोबार सुरु भएको १ मिनेटमै सर्किट ब्रेक

काठमाडौँ, फागुन २५ गते । प्रतिनिधि सभा निर्वाचनपछि खुलेको सेयर बजारमा सोमबार उल्लेख्य उत्साह देखिएको छ। कारोबार सुरु भएको केही क्षणमै बजार तीव्र रूपमा उकालो लाग्दा सर्किट ब्रेक समेत लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार सुरु भएको करिब १ मिनेटमै पहिलो सर्किट ब्रेक लागेको हो। बजार एकैपटक तीव्र गतिमा बढेपछि नियमानुसार २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो। सर्किट ब्रेक लाग्दासम्म नेप्से सूचक १०८ अंक अर्थात् करिब ४ प्रतिशतले वृद्धि भई २८२१ अंकमा पुगेको थियो। नेप्सेको व्यवस्थाअनुसार कारोबार सुरु भएको पहिलो एक घण्टाभित्र बजार ४ प्रतिशतले बढे वा घटेमा सर्किट ब्रेक लगाइने प्रावधान छ। निर्वाचनपछि देशभर मतगणना जारी…
Read More
हेटौंडाको मेला महोत्सवमा पारदर्शिताको माग : एउटै संस्थालाई जिम्मा दिनु प्रश्नको विषय — विशालराज महत

हेटौंडाको मेला महोत्सवमा पारदर्शिताको माग : एउटै संस्थालाई जिम्मा दिनु प्रश्नको विषय — विशालराज महत

हेटौँडा, फागुन २४ गते । हेटौंडामा विगतदेखि सञ्चालन हुँदै आएका मेला–महोत्सवप्रति पारदर्शिता र जवाफदेहिताको माग उठ्न थालेको छ। सेवा सहयोग र आवाज संस्थाका अध्यक्ष तथा सामाजिक अभियान्ता विशालराज महतले सामाजिक सञ्जाल फेसबुक मार्फत मेला सञ्चालन प्रक्रिया माथि गम्भीर प्रश्न उठाएका हुन्। महतले आफ्नो फेसबुक स्टाटसमा हेटौंडामा वर्षौंदेखि मेला–महोत्सव हुँदै आए पनि त्यसबाट आम जनतालाई भन्दा केही व्यक्तिहरुको गोजी भर्ने काम मात्रै भइरहेको भन्ने व्यापक गुनासो रहेको उल्लेख गरेका छन्। उनले सम्बन्धित निकायले बारम्बार एउटै संस्थालाई मात्र मेला सञ्चालनको जिम्मेवारी दिनु आफैंमा प्रश्नको विषय भएको बताएका छन्। उनले मेला सञ्चालनसँग सम्बन्धित टिकट दर, स्टल शुल्क तथा त्यसको मापदण्ड के हो भन्ने…
Read More
न्युजील्यान्डमाथि ९६ रनको फराकिलो जित, भारतले जोगायो टी–२० विश्वकप उपाधि

न्युजील्यान्डमाथि ९६ रनको फराकिलो जित, भारतले जोगायो टी–२० विश्वकप उपाधि

अहमदाबाद, फागुन २५ गते । आक्रामक ब्याटिङ र घातक बलिङको उत्कृष्ट समन्वय देखाउँदै India national cricket team ले New Zealand national cricket team लाई ९६ रनले पराजित गर्दै ICC Men's T20 World Cup को उपाधि जितेको छ। यस जितसँगै भारतले लगातार दोस्रोपटक टी–२० विश्वकपको उपाधि आफ्नो नाममा सुरक्षित गर्न सफल भएको हो। फाइनल खेलमा पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २५५ रनको विशाल स्कोर खडा गरेको थियो। २५६ रनको कठिन लक्ष्य पछ्याएको न्युजील्यान्ड भने १९ ओभरमा १५९ रनमै समेटियो। भारतीय ब्याट्सम्यानको आक्रामक सुरुवात भारतीय इनिङ्सको सुरुवात नै आक्रामक रह्यो। ओपनर Abhishek Sharma ले केवल १८ बलमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.