मोक्तान समाज नेपालद्वारा हेटौंडामा मोक्तान परिवारको सामूहिक कुल पूजा सम्पन्न

हेटौंडा, फागुन २५ गते । मोक्तान समाज नेपालद्वारा आयोजित मोक्तान परिवारको सामूहिक कुल पूजा कार्यक्रम एक दिने पूजापाठका साथ हेटौंडामा सम्पन्न भएको छ।

कार्यक्रममा मकवानपुरका विभिन्न स्थानबाट निमन्त्रणा स्वीकार गरी सहभागी भएका मोक्तान दाजुभाइहरूको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ। पूजापाठ तथा धार्मिक विधिअनुसार सम्पन्न कार्यक्रममा सहभागी सम्पूर्ण मोक्तान परिवारप्रति आयोजकले हार्दिक नमन व्यक्त गर्दै पारिवारिक सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेको छ।

कार्यक्रममा बोल्दै मोक्तान समाज नेपालका अध्यक्ष जीवन मान मोक्तान तामाङले धर्म, संस्कार, संस्कृति र पहिचानले नै समुदायको मौलिक चिनारी जोगाइराख्ने बताए। उनले यस्ता कार्यक्रमले समुदायबीच एकता, आपसी सम्बन्ध तथा सांस्कृतिक परम्पराको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

हेटौंडामा आयोजित उक्त सामूहिक कुल पूजा कार्यक्रममा धार्मिक विधिअनुसार पूजापाठ सम्पन्न गर्नुका साथै सहभागीहरूबीच भेटघाट तथा शुभकामना आदान–प्रदान पनि गरिएको थियो। आयोजकका अनुसार समुदायको परम्परा, संस्कार र पहिचान संरक्षणका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मोक्तान समाज नेपालद्वारा हेटौंडामा मोक्तान परिवारको सामूहिक कुल पूजा सम्पन्न

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

मोक्तान समाज नेपालद्वारा हेटौंडामा मोक्तान परिवारको सामूहिक कुल पूजा सम्पन्न

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

मोक्तान समाज नेपालद्वारा हेटौंडामा मोक्तान परिवारको सामूहिक कुल पूजा सम्पन्न

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

मोक्तान समाज नेपालद्वारा हेटौंडामा मोक्तान परिवारको सामूहिक कुल पूजा सम्पन्न

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

मोक्तान समाज नेपालद्वारा हेटौंडामा मोक्तान परिवारको सामूहिक कुल पूजा सम्पन्न

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

मोक्तान समाज नेपालद्वारा हेटौंडामा मोक्तान परिवारको सामूहिक कुल पूजा सम्पन्न

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.