२०८३ जेष्ठ २३, शनिबार ००:५९
२०८३ जेष्ठ २३, शनिबार ००:५९
हेटौंडा,जेठ २३ गते। सेवा सहयोग र आवाजमा हामीका अध्यक्ष तथा सामाजिक अभियान्ता विशालराज महतले युनिटी काण्डका पीडितहरूको न्याय र रकम फिर्तासम्बन्धी विषयमा जनप्रतिनिधि तथा सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महतले जनताले परिवर्तनको अपेक्षासहित नयाँ राजनीतिक शक्तिलाई दिएको विश्वासलाई व्यवहारमा प्रमाणित गर्नुपर्ने बताएका छन्। उनले सत्ता प्राप्त गर्नु मात्र पर्याप्त नभई जनताका समस्या समाधान गर्नु नै जनप्रतिनिधिको मुख्य दायित्व भएको उल्लेख गरेका छन्। महतले युनिटी काण्डबाट प्रभावित धेरै नागरिक अझै पनि आफ्नो बचत तथा लगानी फिर्ताको प्रतीक्षामा रहेको उल्लेख गर्दै पीडितहरूको समस्याप्रति सम्बन्धित निकाय र जनप्रतिनिधिहरूको पर्याप्त ध्यान नपुगेको टिप्पणी गरेका छन्। मकवानपुरसहित विभिन्न…