२०८३ आश्विन २२, बिहीबार २२:२०
२०८३ आश्विन २२, बिहीबार २२:२०
भीमफेदी, असोज २२ गते । सवारी दुर्घटना तथा क्षति न्यूनीकरण गर्ने उद्देश्यले मकवानपुरको भीमफेदीमा सवारी चालकको स्वास्थ्य परीक्षण तथा लागुऔषध सेवन (ला.प.से.) जाँच गरिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय हेटौंडा, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय भीमफेदी र भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रको संयुक्त आयोजनामा भीमफेदी गाउँपालिका–६ स्थित चेकपोस्टमा स्वास्थ्य परीक्षण तथा लागुऔषध सेवन परीक्षण गरिएको हो। आज बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म गरिएको परीक्षणमा ६४ जना सवारी चालकको स्वास्थ्य परीक्षण तथा लागुऔषध सेवन जाँच गरिएको प्रहरीले जनाएको छ। जाँचका क्रममा पाँच जना चालकको लागुऔषध सेवन परीक्षण पोजेटिभ देखिएको जनाइएको छ। पोजेटिभ देखिएका चालकले चलाएका पाँचवटै सवारीसाधनलाई नियन्त्रणमा लिई…