बुढीगण्डकीमा बाढीपछि उद्धार तीव्र, जगतबाट ६ जनाको हेलिकप्टरमार्फत उद्धार

गोरखा, असोज २५ गते । बुढीगण्डकी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य तीव्र पारिएको छ। बाढी र पहिरोको जोखिममा रहेका नागरिकको उद्धार तथा सुरक्षित स्थानान्तरणका लागि नेपाली सेनाको फौज हवाई र स्थलमार्गबाट परिचालन गरिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको जानकारीअनुसार, पहिरोको जोखिममा रहेको जगत इलाकाबाट ६ जनालाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ। उद्धार कार्यलाई थप प्रभावकारी बनाउन काठमाडौंमा रहेको नेपाली सेनाको कम्पोजिट क्विक रियाक्सन टिम (Composite Quick Reaction Team) समेत हवाई साधनमार्फत उक्त क्षेत्रमा तैनाथ गरिएको छ।

बुढीगण्डकी नदीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न हेलिकप्टर परिचालन गरिएका छन्। बाढी प्रभावित क्षेत्रमा थप उद्धार तथा राहतका कार्य जारी रहेको जनाइएको छ।

यसैबीच, प्रभावित क्षेत्रका नागरिकलाई आपत्कालीन अवस्था आइपरेमा सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरिएको छ।

आपत्कालीन सम्पर्क नम्बरहरू !

– एम्बुलेन्स: १०२
– जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (DEOC): १२३४
– जिल्ला प्रहरी कार्यालय, गोरखा: ९८५६०६११९०
– सहायक प्रमुख जिल्ला अधिकारी: ९८५६०५७७७८

बाढी तथा पहिरोको जोखिम रहेका क्षेत्रका नागरिकलाई सतर्क रहन, जोखिमयुक्त स्थानबाट सुरक्षित स्थानमा जान र उद्धार कार्यमा खटिएका निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.