क्यान्सर पीडित कौशिलाको उपचारका लागि कांग्रेस राक्सिराङ–४ द्वारा २५ हजार २५ रुपैयाँ सहयोग

राक्सिराङ, असोज २५ गते । नेपाली कांग्रेस राक्सिराङ गाउँपालिका–४ वडा कार्यसमितिले क्यान्सर पीडित कौशिला ब्लोनको उपचारका लागि २५ हजार २५ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

मकवानपुरको राक्सिराङ गाउँपालिका–४ निवासी गोपिन ब्लोनकी आमा कौशिलाको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वडा कार्यसमितिले सञ्चालन गरेको आर्थिक सहयोग अभियानअन्तर्गत उक्त रकम संकलन गरी हस्तान्तरण गरिएको हो ।

वडा कार्यसमितिले आइतबार कौशिला ब्लोनलाई प्रत्यक्ष भेटेर सहयोग रकम हस्तान्तरण गरेको वडा सभापति अशोक निर्दोष गलानले जानकारी दिए । आर्थिक समस्याका कारण उपचारमा कठिनाइ भोगिरहेका बिरामीलाई सहयोग गर्नु सामाजिक दायित्व भएको उल्लेख गर्दै गलानले दुःख र अप्ठ्यारोमा परेका नागरिकलाई साथ दिनु सबैको जिम्मेवारी भएको बताए ।

उनले सामाजिक सेवा गर्न ठूलो पद वा धेरै रकम नै आवश्यक नपर्ने उल्लेख गर्दै सहयोगी भावना र मानवीय संवेदना महत्त्वपूर्ण हुने धारणा व्यक्त गरे ।

वडा कार्यसमितिले आफ्नै गाउँसमाजका नागरिक समस्यामा पर्दा सहयोग गर्ने र उनीहरूलाई अप्ठ्यारो परिस्थितिमा साथ दिने उद्देश्यले अभियान सञ्चालन गरेको जनाएको छ । क्यान्सरजस्तो गम्भीर रोगसँग जुधिरहेकी कौशिलाको उपचारमा केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग रकम उपलब्ध गराइएको कार्यसमितिले जनाएको छ ।

यस अभियानले स्थानीयस्तरमा आपसी सहयोग, मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको महत्त्वलाई उजागर गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.