२०८३ आश्विन ३०, शुक्रबार २३:५६
२०८३ आश्विन ३०, शुक्रबार २३:५६
काठमाडौं, असोज ३० गते । भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्याएका १८ वटा झोलुङ्गे पुल मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको जानकारीअनुसार पूर्वाधार विकास मन्त्रालयले त्रिशूली करिडोरअन्तर्गतका क्षतिग्रस्त पुलहरूको मर्मतसम्भार गरी सञ्चालनमा ल्याएको हो। बाढीका कारण ११ वटा झोलुङ्गे पुलमा ठूलो क्षति पुगेको थियो भने अन्य सातवटा पुलमा सामान्य क्षति भएको थियो। क्षतिग्रस्त सबै १८ वटा पुलको मर्मत सम्पन्न भएपछि पुनः सञ्चालनमा ल्याइएको जनाइएको छ। पुलहरू सञ्चालनमा आएसँगै बाढीबाट प्रभावित नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लाका नागरिकलाई आवतजावतमा सहज भएको छ। विशेषगरी स्थानीय बासिन्दाको दैनिक आवतजावत, स्थानीयस्तरको सम्पर्क तथा विभिन्न सेवा सुविधामा…