Day: २०८३ मंसिर ८, मंगलवार २१:५७

वडाध्यक्ष नवीन सिग्देलको भनाइ : ‘दलीय व्यवस्थामा व्यक्ति होइन, संस्था प्रधान हुन्छ’

वडाध्यक्ष नवीन सिग्देलको भनाइ : ‘दलीय व्यवस्थामा व्यक्ति होइन, संस्था प्रधान हुन्छ’

हेटौंडा, मंसिर ८ गते । हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले दलीय व्यवस्थामा व्यक्तिभन्दा संस्था, व्यक्तिगत स्वार्थभन्दा जनताको हित र कुराभन्दा कामलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। सिग्देलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै दलीय व्यवस्थामा व्यक्ति पार्टीको प्रतिनिधि हुने भएकाले संस्थाको नीति, विचार, सिद्धान्त र सामूहिक उद्देश्यअनुसार भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन्। उनले राजनीतिक दलहरू आफ्नै चुनाव चिह्न र घोषणापत्रसहित निर्वाचनमा सहभागी हुने उल्लेख गर्दै उम्मेदवारहरू पार्टीको प्रतिनिधिका रूपमा जनतामाझ पुग्ने र निर्वाचित भएपछि घोषणापत्रमा गरिएका प्रतिबद्धता तथा जनतासँग गरेका वाचाअनुसार काम गर्नु उनीहरूको दायित्व भएको बताएका छन्। दलीय व्यवस्थामा व्यक्ति संस्थाभन्दा माथि हुन नसक्ने उनको भनाइ छ। जनप्रतिनिधिले गरेका…
Read More
मकवानपुरमा खाटमुनि बोराभित्र लुकाइएका दुई थान भरुवा बन्दुक बरामद, एक जना पक्राउ

मकवानपुरमा खाटमुनि बोराभित्र लुकाइएका दुई थान भरुवा बन्दुक बरामद, एक जना पक्राउ

रातोमाटे, मंसिर ८ गते । मकवानपुरको भीमफेदी गाउँपालिका–१ रातोमाटेबाट प्रहरीले दुई थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुर, वडा प्रहरी कार्यालय हेटौंडा र प्रहरी चौकी भैंसेबाट खटिएको संयुक्त प्रहरी टोलीले कुटपिटमा संलग्न व्यक्तिहरूको खोजतलास तथा पक्राउ गर्ने क्रममा भरुवा बन्दुक फेला पारेको हो। प्रहरीका अनुसार आज बिहान करिब ५ बजे रातोमाटे क्षेत्रमा खटिएको प्रहरी टोलीले बिहान करिब ६ बजे सोही स्थानका करिब ३५ वर्षीय सुमन भन्ने पञ्चबहादुर थिङको घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा घरभित्र खाटमुनि बोराभित्र लुकाइछिपाइ राखिएको अवस्थामा चालु अवस्थाका दुई थान भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ। बन्दुक बरामद भएपछि इलाका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.